देउती खबर संवाददाता , सुर्खेत भदौ १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख रविलाल पन्थले सेवाग्राहीलाई दुख दिएर बिविन्न बाहानामा कमिसन माग्ने जो कोहीलाई पनि उन्मुक्ती नदिने बताएका छन ।
सोमबार अख्तियार कार्यालयले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख पन्थले पद वा अन्य कुनै वाहानामा दोषीलाई उन्मुक्ती दिने भन्ने कुरामा आशंका नगर्न संचारकर्मीलाई अनुरोध गरेका छन ।
उनले सर्वसाधारण, संचारकर्मी र नागरिक समाजलाई सेवा लिने नाममा कसैले कुनै ठाउँमा अनियमितता भएको पाईए तत्काल उजुरी र खबर गरिदिन आग्रह गरेका छन ।
विभिन्न श्रोतबाट आएका उजुरीहरुको बारेमा अनुसन्धान गर्ने भन्दै प्रमुख पन्थले सुचनाका श्रोतहरुको उच्च सम्मान गरिने बताए । भ्रष्टचार सानो ठुलो जस्तो सुकै भएपछि भ्रष्टचारलाई छुट नदिने उनले बताए ।
अनुसन्धानबाट कसैलाई पनि छुटकरा नदिने भन्दै उनले कोहि कसैले अनिमियतता गरेको पाईए तुरुन्त खबर गर्न समेत आग्रह गरे । प्रमुख पन्तले अनियमितता र सेवाग्राहीलाई दुख दिने काम कसैले गरे इमेल र फयाक्सबाट समेत उजुरी दिन आग्रह गरे । अख्तियारले भ्रष्टचारिलाई उन्मुक्ति नदिने समेत जानकारी दिए ।