देउती खबर सम्वाददाता
सुर्खेत, १६ भदौ ।
अमेरिकामा बस्दै आएकी सुर्खेतकी युवा समाजसेवी जयन्ती थापाले यसबर्ष पनि आफूले अध्ययन गरेको विद्यालय अमरज्योति नमूना माविका विद्यार्थीहरुका लागि शैक्षिक सामग्री प्रदान गरेकी छन् । विद्यालयको विहीवार सम्पन्न बार्षिकोत्सवमा थापाले विद्यालयमा अध्ययनरत ११ जना गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई करिव २५ हजार मूल्य बराबरको पोशाकलगायत शैक्षिक सामग्री प्रदान गरेकी हुन् ।
थापाको तर्फबाट उनका बुवा धर्मजंग थापा, आमा पार्वती थापा र बहिनी लक्ष्मी थापाले संयुक्तरुपमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । कक्षा ६ देखि १० सम्म अध्ययनरत गरीव तथा जेहेन्दार विद्यार्थीलाई थापाले विगतमा पनि शैक्षिक सहयोग गर्दै आएकी छन् । उनले सोही विद्यालयमा एक लाख रुपैया“को जयन्ती थापा अक्षयकोषसमेत स्थापना गरेकी छन् । अमेरिका रहेर पनि सुर्खेतमा आफूले अध्ययन गरेको विद्यालयलाई माया गर्दै थापाले शैक्षिक सामग्रीहरु प्रदान गर्दै आइरहेकी छन् ।