सुर्खेत, १६ भदौ ।
विभिन्न विषयमा व्यवसायिक ज्ञान, सीप दिने उदेश्यले सुर्खेतमा पहिलो पटक व्यवसायिक सीप विकास केन्द्र संचालनमा ल्याइएको छ ।
६ नम्वर प्रदेशका सवै जिल्लामा कार्यक्रम लागु गर्ने गरी व्यवसायिक सीप विकास केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष प्रेमकुमार विसीले बताए ।
केन्द्रले विशेष गरी सहकारी लगायत विभिन्न क्षेत्रमा एडभान्स एकाउन्टिङ, सहकारीलाई प्रभावकारी रुपमा संचालन गर्नको लागि आवश्यक विधी र प्रक्रियाको वारेमा जानकारी दिने उनले बताए ।
यस्तै सहकारीको जोखिम व्यवस्थापन, कर इफाइलिङ र विविध पक्ष, प्रभावकारी ऋण लगानी, ऋण लगानी गर्दा आवश्यक पर्ने विधी र प्रक्रियाको वारेमा समेत सरोकारवालालाई ज्ञान, सीप दिनेछ ।
सहकारी लगायत अन्य संस्थालाई प्रभावकारी रुपमा संचालन गर्नको लागि आवश्यक पने मुल्याकन, आन्तरिक लेखा सुपरिवेक्षणमा लेखा समितिको भूमिका, पल्र्स मुल्याकन र विश्लेषण लगायतका विषयमा पनि तालिम दिने वताएको छ ।
सहकारी लगायत अन्य संस्था बजेट निर्माण विधी र प्रक्रिया, लेखा तथा कार्यालय व्यवस्थापन जस्ता विषयमा पनि आवश्यक तालिम दिने योजना रहेका अध्यक्ष विसीले जानकार दिए ।
यसैवीच व्यवसायिक सीप विकास केन्द्रको कार्यालयको शुक्रवार एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ ।
कार्यक्रममा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत विसीले सहकारी लगायतका संघसंस्थालाई व्यवसायिक वनाउनको लागि संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
उनले आफनो सहकारी लगायत संघसंस्थालाई व्यवसायिक वनाउनको लागि व्ययवसायिक सीप विकास केन्द्रसँग समन्वय गर्न पनि सवैलाई सुझाव दिए ।
राष्ट्रिय सहकारी वैकका संचालक हरिहर नाथ योगीले सुर्खेतमा व्यवासायिक ज्ञान, सीप दिने संस्थाको आवश्यकता महशुस भैइरहेको वेला यो संस्थाले त्यो आवश्यकतालाई पूर्ति गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सिद्धार्थ बहुउदेशिय सहकारी संस्थाका बरिष्ठ प्रवन्धक झक्कड पुलामीले व्यवसायिक सीप विकास केन्द्रको स्थापनासँगै सहकारी लगायतका संघसंस्थालाई काठमाडौ लगायतका ठाउँमा गएर तालिम लिनु पर्ने अवस्थाको अन्त भएको उल्लेख गरे ।
लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोका अध्यक्ष युवराज पौडेलले व्यवसायिक सीप विकास केन्द्र आफनो योजना र उदेश्यमा सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पत्रकार सुशिल शर्माले सीप विकास केन्द्रलाई अघि बढाउनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै केन्द्रका अध्यक्ष प्रेमकुमार विसीले व्यवसायिक सीप विकास केन्द्रलाई प्रदेश नम्वर ६ भरी विस्तार गर्ने योजना रहेको उल्लेख गरे ।
केन्द्रले विभिन्न भाषाका कक्षाहरु पनि संचालन गर्ने पनि विसीले वताए ।