देउतीखबर संबाददाता
सुर्खेत २४, भदौ ।
वीरेन्द्रनगरमा शनिबार १०३ औं विपि जन्मजयन्ती मनाइएको छ । नेपाल तरुण दल वडा समिति वडा नं. १० ले एक कार्यक्रमको आयोजना गरी मनाएको हो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल तरुण दल जिल्ला कार्यसमिति सुर्खेतका सचिव कृष्णबहादुर भण्डारी, विशेष अतिथी रमेश नेपाली लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमबाट शान्ति नगर पठान टोल सरसफाई अभियान सुरु गरिएको तरुण दलका वडा सभापति रामबहादुर रावतले जानकारी दिए ।