देउतीखवर सम्वाददाता , असोज ११ सुर्खेत
राष्ट्रिय गौरवको भेरी बबई डाईभर्सन आयोजनाको सुरुङ खन्ने काम औपचारिक रुपमा सुरु भएको छ ।
सुरुङ खन्ने टिबिएम बोरीङ मेसीनको सिंचाईमन्त्री संजय गौतमले सुर्खेतको भेरीगंगा नगरपालिकामा पर्ने हात्तिखालमा उदघाटन गरेसंगै खन्ने काम पनि सुरु भएको हो ।
मेसीनको उदघाटन पछी मन्त्रि गौतमले संचारकर्मी संग कुराकानी गर्दै भेरीबबई डाईभर्सन आयोजनालाई नविनतम आधुनिक प्रबिधिसंग जोडन लागीएकोले नेपालको बिकासमा कोसेढुङगा साबित हुने वताए । उनले आयोजना सम्पन्न भईसकेपछी देश नयाँ युगमा प्रबेश गर्ने दावी समेत गरे ।
टिबिएम बोरीङ मेसीनको काम सफल भएमा नेपालका अन्य आयोजनाहरुमा पनि प्रयोग गर्ने र देशमा , दश बर्ष भित्र ठुलो परिवर्तन आउँने उनको दाबि छ ।
आफुले सिंचाई मन्त्रालय सम्हाले देखी राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर काम गरीरहेको जानकारी दिदै सुरुङ खन्ने औपचारीक सुरुवात नेपालकै लागु खुसीको दिन रहेको प्रतिक्रिया दिए ।
समयमै आयोजना सम्पन्न होला भन्ने पत्रकारको जिज्ञासामा मन्त्रि गौतमले पाँच बर्ष भित्रमा पूर्णरुपमा आयोजनाको काम सम्पन्न हुने दाबि गर्नु समेत गरे ।
यस्तै आयोजनाका निर्देशक शिव कुमार बस्नेतले करीब १७ अर्ब रुपैयाँ लाग्ने आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा १२ महिना सिँचाइ सुविधा पुग्ने वताए ।
उनले
प्रतिसेकेण्ड ४० घनमिटर भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको रहेको वताए । आयोजनाले सुर्खेत सहित सल्यान र बर्दियालाई समेटेको छ । सिँचाइ विभाग र चाइना ओभरसिजबीच २०७१ माघ १६ गते ठेक्का सम्झौता भएको आयोजनाको १ सय ५० मिटर सुरुङ खन्ने काम मजदुरवाटै सम्पन्न भईसकेको छ ।
सुरुङ खन्ने टिबिएम बोरीङ मेसीनको उदघाटन कार्यक्रममा क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाई,पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धिताल, सुर्खेतका सचिव सुदिप पुरी लगायतको सहभागीता रहेको थियो ।