कार्तिक ,२५
शुक्रबार भागेश्वर गाउपालिकाको वडा नं. ३ स्थित वयलमा कांग्रेसले अगुवा कार्यकर्ता भेटघाट तथा चुनावी परिस्थिती बारे छलफल गरेको छ । जिल्ला सभापती, पुर्व जिल्ला सभापती, नेविसंघ केन्द्रिय सभापती, पुर्व केन्द्रि सभापती, प्रतिनिधीसभ एवं प्रदेशसभा निर्वाचनमा सामानु पातिक तर्फका उमेदवार लगायतका नेताहरुको उपस्थितीमा अगुवा कार्यकर्ता भेटघाट संगै चुनावी अभियान बारे छलफल गरिएको कांग्रेसले जनाएको छ । भेटघाटका क्रममा नेपाल विद्यार्थी संघ केन्द्रिय सभापती नैनसिंहमहरले बामगठबन्धनले देखाउने सपनाहरु संग नहडबडाउन कार्यकर्ता एवं आम नागरिकलाई आग्रह गरे । उनले भने, बामगठबन्धन धेरै बोल्ने, प्रचारबाजी गरी जनतालाई झुक्याई आफुतर्फ आकर्षित गर्ने भएकाले सत्य र यथार्थबादीलाई सबैले आत्मसाथ गर्नु पर्ने बताए । २००७ साल देखिको एतिहांस बिर्सेर डडेल्धुराका आम नागरिकले बामगठबन्धनलाई अंगाल्न नसक्ने उनको दाबि छ । उनि भन्छन, कांग्रेसले डडेल्धुरामा के ग¥यो भनेर जुन मतदाताका अगाडी बामगठबन्धका उमेदवार नेता कार्यकर्ताले सोध्ने गरेका छन उनिहरुलाई एक पटक त्यई प्रश्न सोधेर हेर्नुहोस बल्ल थाहा हुन्छ के नभएको रहेछ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेले डडेल्धुराबाट आफुले प्रतिधित्व कहिलै नपाएको दुःख पोख्दै ठुला महत्वकांक्षी योजना सहित निर्वाचनका बेला मतदाता रिझाउने गर्ने गरेकोले दुई वटै पार्टीले नेपालको एतिहांस एवं डडेल्धुराको विकासका लागी गरेका कामहरुको मुल्यांकन गर्ने समय मंसिरमा हुने निर्वाचनमा मतदाता आफैले गर्नु पर्ने नेता महरको भनाई छ ।
केही समय अघि मात्रै भएको स्थानिय निकाएको निर्वाचनमा कांग्रेसलाई जिताउन नसक्दा यहाका नागरिकले अहिलेको समयमा खेप्नु परेका समस्या निक्यौ संगै दैनिक जिवनमा झेल्दै आएको समस्या सामाधान र विकासका लागी मतदाताले कांग्रेसलाई नै रोज्नु पर्ने नेता महर बताउछन । बामगठबन्धनले नेतृत्व परिवर्तन, विकासका ढोका खुल्ला, आत्म सम्मान लगायतका चिल्ला भाषणा गर्दै स्थानियलाई भड्काउने खालका अभिव्यक्ति दिई आफ्नो पक्षमा जित निकाली एक तन्त्र शासन चलाउन खाजेको आरोप लगाउदै नेता महरले यस तर्फ सचेत रहन आम नागरिकलाई आग्रह समेत गरे । उनले भने, जनताका अगाडी कसले काम गरेको नगरेका, विकास भए नभएको छर्लङ्गै छ । झुटा आश्वासन अनि कसैको अन्धभक्त भएर मंसिरको चुनावमा भोट नहाल्नुस जित तपाईकै हुने छ, नेता महरको भनाई । नेपालको नंया संविधानमा स्वतन्त्रताको हक कायम गरिएको छ, यसलाई कति कार्यान्वयन गर्ने यो फैसला आम नागरिक संग नै छ । त्यस कारण प्रजातान्त्रिक गठबन्धनलाई रोज्नु पनि आवश्यक छ, नेता महरले भने ।
बामगठबन्धनले लाद्न खोजेको साम्यवादको बिरुद्धमा कांग्रेस डडेल्धुराले कार्यकर्ता भेटघाट तथा चुनावि प्रचार प्रसारलाई तिब्रता दिएको छ । आम नागरिकले स्वतन्त्र पुर्वक बाच्न पाउने अधिकार रक्षा एवं प्राप्त लोकतन्त्रको पक्षमा मतदान गर्न आग्रह गर्दै कांग्रेस डडेल्धुरा चुनावी अभियानमा होमिएको हो । दुई कम्युनिष्ट पार्टी मिलेर बनेको बामगठबन्धनले एकतन्त्र शासन ल्याउन खोजेकाले आम नागरिकले स्वतन्त्र पुर्वक बाच्न पाउने अधिकार खोसिन लागेको भन्दै कांग्रेस लोकतान्त्रिक गठबन्धनका साथ विकास र समृद्धिको नारा बोकी गाउ गाउमा पुग्न थालेको कांग्रेस डडेल्धुराले जनाएको छ ।