
काठमाडौं ।
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले चर्चित विद्यार्थी नेता गणेश सिह धामी लाई प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिसद CTEVT को केन्द्रीय अध्यक्ष नियुक्त गरेको छ । संघको विधान २०२७ को छैठौं संशोधन २०७३ को बमोजिम नेता धामीलाई सो पदमा नियुक्त गरेको संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नवनियुक्त अध्यक्ष धामी CTEVT का सबै भन्दा लोकप्रिय विद्यार्थी नेता हुन संघको विधान अनुसार, CTEVT को केन्द्रीय अध्यक्ष ने बि संघका केन्द्रीय अध्यक्षले मनोनित गर्ने ब्यवस्था रहेको छ ।
नवनियुक्त अध्यक्षले गुणस्तर प्राबिधिक शिक्षाका अतिरिक्त शिक्षामा देखिएको विभेद अन्त्य गर्ने र संघको सांगठनिक विस्तार तथा शैक्षिक अधिकारका विषयमा आफ्नो योगदान रहने बताए ।