
सुर्खेत, पौष १५
प्रदेश नं. ६ मा महिला हिंसा सम्बन्धि परेको उजुरीहरु माथी तत्काल कारबार्ही गर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
प्रदेश नं. ६ का विभिन्न जिल्लाका मानवअधिकार कर्मिहरुसङ भएको छलफलमा विरेन्द्रनगर नगरपालिका सुर्खेतकी उपप्रमुख मोहनमाया ढकालले महिलाका मुद्धामा आफु संवेदनशिल रहेको बताईन ।
कार्यक्रममा प्रदेश नं. ६ का विभिन्न जिल्लाका कार्यरत मानवअधिकारकर्मी हरुको प्रश्नको जवाफ दिदै उपप्रमुख ढकालले अहिले स्थानीय तहको पुर्नसंरचना पश्चात स्थानीय तहमा ४० प्रतिशत महिलाहरुको सहभागिता रहेको बताइन् । उनले महिलाहरुले गरेको निकै लामो त्याग र तपस्याबाट प्राप्त गरेको अधिकारलाई महिलाहरुले व्यवहारमा कार्यान्वयनमा ल्याउनका लागि आफु लागिपरेको बताईन ।
आफुले पाएको न्यायिक अधिकारहरुलाई अक्षरस पालना गर्दै न्यायिक निकाय सम्म आइपुग्ने पिडितहरुलाई रित्तो हाल नर्फकाउने बताउदै उपप्रमुख ढकालले सुर्खेत जिल्ला संगै प्रदेश नं. ६ का जिल्लाहरुमा जटिल समस्याको रुपमा रहेको देह व्यापारmलाई समाधान गर्नका लागि पहल थाल्ने बताईन । यस्तै उनले सूचना प्रविधिको गलत प्रयोगका कारण देह व्यापार बढ्दै गएको बताउदै देह व्यापारमा लागेको महिलाहरुलाई उचित व्यवस्थापन गरेमा मात्र देह व्यापारको समस्या क मगर्न सकिने बताईन । संविधानले स्थानीय तहका उपप्रमुखहरुलाई दिएको अधिकारलाई टेकेर अगाडी बढेको बताउदै “ अब दोस्रो नगर तथा गाउँ सभाले स्थानीय तहको कानुन बनाएर अगाडी बढ्ने छ । ”
यस्तै विभिन्न जिल्लाका मानवअधिकार रक्षकहरुको सवालमा जवाफ दिदै उपप्रमुख ढकालले अहिले सम्मका कतिपय उजुरीहरुमा कानुन विर्सीएर व्यवहारिकता मिलाइने गरेको र प्रदेश नं. ६ मा बाल विवाह, बहुविवाह, बलात्कार , देह व्यापार, महिला हिंसा, जातिय छुवाछुत लगाएतका कुप्रर्थाहरु रोक्नका लागि अभियान चलाउनु उनको भनाई थियो । विभिन्न सास्कृतिक तथा धार्मीक दृष्टिकोणले भरिपूर्ण भएपनि प्रदेश नं. ६ का जनताहरु अहिले पनि छाउगोठमा बस्न बाध्य भएको बताउदै ढकालले प्रदेश नं. ६ का महिलाहरुलाई कुनै पनि हालतमा हिंसामा पर्न नदिने खालका कार्यक्रमहरु संचालन गर्ने बताईन ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिएसपी राज कुमार खिइजुले प्रदेश नं. ६ का विभिन्न जिल्लामा सबै भन्दा जटिल विषय मदिरा उत्पादन तथा विक्री वितरण भएको बताउदै यसलाई रोक्न आन्तरिक राजश्व कार्यालय र प्रहरीले सयुक्त रुपमा अनुगमन तथा नियमन गर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक (एसपी) उमा प्रसाद चर्तुवेदीले प्रदेश नं. ६ का विभिन्न जिल्ला संगै सुर्खेतमा पनि देह व्यापारमा लागेका महिलाहरुको संख्या बढी भएकोले त्यस्ता कार्यमा लागेका महिलाहरुलाई बैकल्पीक रोजगारी सृजना गर्नुपर्ने बताए ।
शान्तिका लागि साझा अभियान (कोक्याप) को आयोजना तथा नेपाल मोनिटर अर्गको सहयोगमा संचालन गरिएको कार्यक्रमको मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका उप–प्राध्यापक कमल लम्सालले सहजिकरण गरेका थिए । कार्यक्रममा नेपाल मोनिटर अर्गका तालिम संयोजक अभिलेस कर्ण र नेपाल मोनिटर अर्गका संयोजक डा. फ्रिजो हेकेर लगाएतका प्रदेश नं. ६ का मानवअधिकार रक्षकहरुको सहभागिता रहेको थियो ।