सुर्खेत, पुस १६
यातायात व्यवसायी संघ, समितिहरुको संयुक्त वैठकले यातायात व्यवसायीहरुका समस्या समाधान र सम्यन्त्र गठन गर्नका लागी तदर्थ समिति गठन गरेको छ । वीरेन्द्रनगरमा वसेको व्यवसायीहरुको संयुक्त वैठकले प्रकाश अधिकारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । जसको उपाध्यक्षमा नारायण कुमार चपाई , सचिव कमल गुरुड , कोषाध्यक्ष ओम प्रकाश तिवारी र सदस्यहरुमा मोहन सिंह गुरुड , भुपेस विक , जय वहादुर थापा , रमेश कुमार सापकोटा र विर वहादुर रावत रहेका छन् ।
संयुक्त वैठकले अन्यत्र चलिसकेका पुराना सवारी साधन प्रदेश नं ६ मा ल्याई कुनै पनि संघ ,समिति र प्रालिहरुले संचालन नगर्ने र कोही कसैले पुराना सवारी साधन ल्याई दर्ता गर्न खोजे प्रतिवाद गर्ने निर्णय समेत गरेको छ । यस्तै वैठकले व्यवसाय गरिरहेको प्रत्येक संघ , समिति र प्रालिहरुले मासिक रुपमा तिन हजारका दरले कोष खडा गरि संकलित रकमले यातायात व्वसायीहरुको हकहितमा खर्च गरिने निर्णय समेत गरेको छ । वैठकले संयन्त्रको नाम ६ नं प्रदेश संयुक्त यातायात व्यवसायी समन्वय समिति सुर्खेत राख्ने वताएको छ । यातायात व्यवसायीहरुको संयुक्त वैठक मध्यपश्चिमाञ्चल टक तथा टयाक्टर व्यवसायी संघका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा वसेको थियो ।