पुस , २२ सुर्खेत
देउतीनागरिक यातायात प्रालिको तेस्रो वार्षिक साधारण सभा वीरेन्द्रनगरमा सम्पन्न भएको छ । प्रदेशसभा सदस्य यामलाल कडेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभा लाई सम्बोधन गर्दै प्रमुख अतिथि कडेलले यातायात क्षेत्रमा धेरै समस्या भएका कारण यातायातमा देखिएका चुनौतीलाई सहज ढङ्गबाट चिर्न व्यवसायी र सरोकारवालाहरु सक्षम हुनुपर्ने धारणा व्यक्त गरे ।
प्रमुख अथिति कडेलले यातायात सेवा समितिले ग्रामीण भेगका नागरिकलाई सेवा प्रदान गरेकोमा खुसी व्यक्त गर्दै नागरिकहरुलाई थप गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने वताए । उनले राजनैतिक, सामाजिक, व्यवसायिक सबै क्षेत्रमा केही अव्यवस्थित रहेतापनि तिनीहरुलाई व्यवस्थित रुपमा परिमार्जन गर्नुपर्ने भएकाले अब नीति नियम प्रष्ट रुपमा आउने र सबै त्यही अनुरुप चल्नुपर्ने धारणा राखे । यस्तै संस्थाका अध्यक्ष कमल खड्का जुनीले दोस्रो साधारण सभामा आफुले गरेका सवै प्रतिवद्धता पुरा गरेको वताए । सवारीको विमा रकम समितिलेनै उपल्वध गराएकोे उल्लेख गरे । देउतीनागरिक यातायात प्रालि छोटो समयमानै यात्रुहरुको मन जित्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले यात्रुहरुको मागलाई मध्यनगर गदै रात्रि सेवापनि संचालन गर्न लागेको वताएका छन् । साधारण सभामानै ६ वटा नया एअर सस्पेन्सल गाडी वुकिड भएको र तत्काल रात्रि सेवा सुचारु गरिने समेत वताए । हाल संस्थामा ३४ वटा गाडिहरु संचालनमा रहेको र यात्रुहरुको मागलाई मध्यनजर गदै थप गुणस्तरिय सेवा दिन संस्था लागिपरेको समेत वताए । उनले संस्थाको भएको वोनस मध्येवाट संस्थामा रहेका सम्पुर्ण व्ववसायीहरुलाई करिव ११ हजार वरावरको टाएर उपलव्ध समेत गराएको वताए । उनले आगामी वर्षवाट सवारीको लाग्ने कर समेत संस्थालेनै उपलव्ध गराउने वताए ।
कार्यक्रममा मप यातायातका पुवर््ा सचिव श्यामलाल कडेल , सुर्खेत स्थित सम्पुर्ण यातायात व्यवसायिका प्रतिनिधिहरु , संस्थाका वरिष्ट सल्लहाकार सुर्दशन क्षेष्ठ , युवासंघका अध्यक्ष खिमलाल देवकोटा लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाले दिएको जिम्मेवारिको मुल्याडकन गदै वा ४ ख ४२१९ नम्वरको चालक गजेन्द्र खड्का र दैलेखका वरिष्ट ईन्चार्ज दान वहादुर थापालाई सम्मान पत्र सहित १ तोला सुनको सिक्रि प्रदान गरिएको छ ।
कार्यक्रममा सचिव रमेश खड्का प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गरेका थिए । कोषाध्यक्ष ओमप्रकाश तिवारीले १८ लाख ३ सय २ रुपैया आम्दानी र १७ लाख ९ सय खर्च भएको जानकारि दिए । साधारणसभामा विभिन्न सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।