
शुभाकर विश्वकर्मा/ पुस २५, मुगु
केहि दिनयता देशैभर तापक्रम घटेका कारण मुगुमा पनि अत्यधिक चिसोका कारण जनजिवन कष्टकर बनेको छ । मौषममा आएको बदलिका कारण दिनप्रतिदिन यहाँको जनजिवन अझ कष्टकर बन्दै गएको हो । दिउसो घाम लाग्ने भएपनि हिान वेलुका अत्यधिक चिसो बढेपछि स्थानिय आगो तापेर बसिरहेका देखिन्छन् । होटल, पसल तथा घरका आँगनमा समुहमा आगो तापेर जाडो छल्ने गरेका छन । कठ्यांग्रिने चिसोले यहाँका विद्यालयहरुमा पनि खुला रुपमा पढाउनु पर्ने बाध्यता छ । चिसो अझै एक साता लम्विने भने पछि यहाँका स्थानिय झन समस्यामा पर्ने देखिन्छ ।

मुगु लगायात हिमालि जिल्लाहरुमा हिउ नपरेपनि कठ्यांग्रिने चिसो निकै वढेको छ । चिसो कै कारण मुुगुको करान भेगका विद्यालय १७ गते अघि नै बन्द भईसकेका छन् । भने अधिंकाश विद्यालयमा विद्यार्थीलाई खुला मैदानमा बढाउनु पर्ने बाध्यता छ । वार्षिक परिक्षा पनि १२ बजेपछि मात्र संचालन हुने गरेको छ।
गत वर्षमा पुष पहिलो सातामै हिमालि तथा पहाडि जिल्लामा हिउ परेर यति वेला तापक्रममा पनि बढ्ने गरेपनि अन्तिम साता सम्म पनि हिउ पर्न सकेको छैन । हुम्ला,जुम्ला मुगु ,डोल्पा र कालिकोटमा यति वेला दिउसो घाम लागेपनि विहान वेलुका भने निकै कठ्यांग्रिने चिसो दिन प्रतिदिन बढिरहेको छ ।

चिसोले गर्दा जिल्ला अस्पताल मुगुमा रुघाखोकि , वालवालिकाहरु लाई निमोनिया ,र वृद्ध वृद्धाहरु लाई दम वढ्न भालेको र युवा तथा अन्यलाई चिसोले गर्दा भाइरल रुपमा ज्वरो देखिन थालेको छ । उता चिकित्सकले भने स्वास्थ्यको सुरक्षा गर्न आग्रह गरेका छन । चिसोको समयमा तातो तथा झोलिलो पदार्थ वढि पिउन र न्यानो कपडा लगाउन सुझाव दिएका छन । चिकित्सकका अनुसार चिसोका कारण बालवालिका वढि प्रभावित हुने भएकाले विशेष ख्याल गर्न आग्रह गरिएको छ ।