मुलुकको जलविद्युत् विकासको प्रचूर सम्भावना भएका क्षेत्रमध्ये कर्णाली नदी र त्यसका सहायक नदी नै हुन् । सरकारले पहिचान गरेकै आधारमा हेर्ने हो भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) कै सबैभन्दा ठूलो आयोजना कर्णाली चिसापानी जलविद्युत् परियोजनासमेत सोही क्षेत्रमा पर्दछ ।
१० हजार ८ सय मेगावाट क्षमताको सो आयोजनालाई सरकारले नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारीको आयोजनाका रुपमा पनि विकास गर्न सकिने बताउँदै आएको छ । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले सो आयोजनालाई अगाडि बढाउने भन्दै अध्ययन सुरु गरेका थिए । कर्णाली नदी बेसिनलाई जलविद्युत् पर्यटनको नमूना गन्तव्य बनाउने लक्ष्यका साथ वर्तमान सरकारले केही नीतिगत तयारी थालेको छ ।
प्रारम्भिक अध्ययन भएका मुगु कर्णाली, हुम्ला कर्णाली, भेरी नदी र त्यसका सहायक नदीमा पनि ठूला र महत्वपूर्ण आयोजना रहेका छन् । नेपाल इञ्जिनियरिङ कलेजका प्राध्यापक रघु प्रजापतिले गरेको अध्ययनअनुसार कर्णाली नदी बेसिनमा मात्रै १४ हजार १ सय ५० मेगावाट बराबरको जलविद्युत्को क्षमता रहेको छ ।
कर्णाली नदी बेसिनमा बहुउद्देश्यीय परियोजना निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउने रणनीतिका साथ आवश्यक तयारी सुरु गरिएको ऊर्जामन्त्री जानकारी दिए । कर्णाली बेसिनमा हाल कुनै पनि नयाँ आयोजना सुरु नभएको सन्दर्भमा बृहत् गुरुयोजनाका साथ जलविद्युत् र पर्यटनलाई संयुक्तरुपमा जाने गरी नीतिगत तयारी र आवश्यक रणनीतिसमेत तयारीको चरणमा रहेको उनले बताए ।
कर्णाली नदी बेसिनअन्तर्गत हाल माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर) ले निर्माण सुरु गर्ने चरणमा पुर्याएको छ । कुल ९ सय मेगावाट क्षमताको सो आयोजना उक्त नदी बेसिनको हालसम्मकै ठूलो आयोजना हो ।
सरकारले कर्मचारी सञ्चय कोषलाई बेतन कर्णाली जलविद्युत् आयोजना सम्भाव्यता अध्ययनका लागिस्वीकृति दिइसकेको छ । सो आयोजनाको क्षमता ६ सय ८८ मेगावाट रहेको छ । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निजामती कर्मचारी र स्थानीयवासी समेतको लगानीमा फूकोट कर्णाली जलविद्युत् आयोजनासमेत अगाडि बढ्ने भएको छ । सो आयोजना हाल विद्युत् उत्पादन कम्पनीले अध्ययन गरिरहेको छ ।
३ सय ७ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजना पनि कर्णाली नदी बेसिनको अर्को महत्वपूर्ण आयोजना हो । उक्त आयोजना विद्युत् उत्पादन कम्पनीले अध्ययन गरिरहेको छ ।
प्रारम्भिक अध्ययन भएका मुगु कर्णाली, हुम्ला कर्णाली, भेरी नदी र त्यसका सहायक नदीमा पनि ठूला र महत्वपूर्ण आयोजना रहेका छन् । नेपाल इञ्जिनियरिङ कलेजका प्राध्यापक रघु प्रजापतिले गरेको अध्ययनअनुसार कर्णाली नदी बेसिनमा मात्रै १४ हजार १ सय ५० मेगावाट बराबरको जलविद्युत्को क्षमता रहेको छ ।
मुगु कर्णाली नदी १ सय ६० किलोमिटर र हुम्ला कर्णाली १ सय किलोमिटर लामो छ । जल तथा ऊर्जा आयोगको अध्ययनअनुसार आर्थिक र प्राविधिक रुपमा सम्भाव्य रहेको ४२ हजार ९ सय १५ मेगावाटमध्ये कर्णाली नदी बेसिनमा मात्रै एक तिहाइ क्षमता रहेको छ । कर्णाली नदी बेसिनमा १५ मेगावाटदेखि १० हजार ८ सय मेगावाटसम्मको क्षमता छ ।
जल तथा ऊर्जा आयोगको अध्ययनअनुसार आर्थिक र प्राविधिक रुपमा सम्भाव्य रहेको ४२ हजार ९ सय १५ मेगावाटमध्ये कर्णाली नदी बेसिनमा मात्रै एक तिहाइ क्षमता रहेको छ । कर्णाली नदी बेसिनमा १५ मेगावाटदेखि १० हजार ८ सय मेगावाटसम्मको क्षमता छ ।
हालसम्म सबै आयोजना अध्ययनका क्रममा नै रहेकाले बहुउद्देश्यीय बनाउने र लगानीकर्तालाई पनि सोहीअनुसार लगानीका लागि प्रेरित गर्न लागिएको ऊर्जामन्त्री शाहीले बताए । कर्णाली नदी बेसिनमा निर्माण हुने आयोजना ऊर्जा, पर्यटन, मत्स्यपालन, जलविहार लगायतका फरक–फरक सम्भाव्य र आर्थिक उपार्जनको साझा थलोका रुपमा विकास गर्ने तयारीमा सरकार लागेको उनले जानकारी दिए ।
जल तथा ऊर्जा आयोगले पछिल्लो दिनमा जलविद्युत् आयोजनाको सम्भाव्यताका बारेमा अध्ययन गरिरहेको र कति क्षमता लगानीका लागि सम्भाव्य हो भन्ने प्रष्ट हुने सरकारको बुझाइ छ । सम्भाव्यता प्रष्ट भएपछि लगानीका विभिन्न मोडलबारे समेत परामर्श गरिनेछ ।
कर्णाली बेसिन जलविद्युत्, वातावरण, सिँचाइ, कृषि, पशुपालन, जडीबुटी उत्पादनलगायत क्षेत्रको विकास हुनेगरी एउटै लगानीकर्तालाई दिएर पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्य सरकारले राखेको छ । कर्णाली नदीको मुहानमा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र मानसरोबरसमेत पर्ने भएकाले पर्यटन मार्गका रुपमा पनि विकास गर्न सकिने सम्भावना छ । रासस