पुस,२९ सुर्खेत
सुर्खेत जिल्ला फुटबल संघको अध्यक्ष्ँमा जनक रावल निर्वाचित हुनु भएको छ । शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको संघको पांचौ जिल्ला अधिवेशनबाट जनक रावल सर्वसम्मत चयन हुनुभएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खेलकुद बिकास समितीका अध्यक्ष चन्द्र कुमार गिरीले हरेक खेल क्षेत्र जस्तै फुटबल क्षेत्रमा पनि नयां आयाम थपिदै गईरहेको हुदा अबका दिनहरुमा जिल्लाले पनि परियोजना भित्र्याएर यस क्षेत्रको बिकासका लागी लाग्नु पर्नैमा जोड दिनुभएको छ ।
बिशेष अतिथि एन्फा केन्द्रिय सदस्य प्रदेश सिंह राठौरले, फुटबलको क्षेत्रमा फिफा अन्तर्गत एन्फामार्फत ४५ वटा जिल्लामा ग्रासरुट परियोजना शुरु गर्र्ने जानकारी दिनुभयो । यस परियोजना अन्तर्गत फुटबलको क्षेत्र विकास हुने केन्द्रिय सदस्य राठौरको भनाई छ ।
सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष्ँ गोवर्धन खड्को सभापतित्वमा सम्पन्न अधिवेशनमा, जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
यसै गरी अधिवेशनमा बिशेष अतिथि निवर्तमान अध्यक्ष दीपक कुमार राई , राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघ केन्द्रिय सदस्य भुवन थापा, उसु संघ सुर्खेतका अध्यक्ष हरि थापा, प्रशिक्षण विभाग प्रमुख राष्ट्रिय खेलकुद परिषदका रामबहादुर वली, नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष ललित बसेल, रेफ्री संघ सुर्खैतका अध्यक्ष्ँ चन्द्र प्रकाश शाही लगाएतको उपस्थित रहेको थियो ।
चुनावी साधारण सभामा अध्यक्ष जनकबहादुर रावल को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती गठन भएको छ जसको बरिष्ठ उपाध्यक्षमा चन्द्रकुमार श्रेष्ठ, उपाध्यक्षमा प्रमोद हमाल, सदस्यहरुमा गोवर्धन खड्का, रमेश तुलाधर, गणेशकुमार कार्की, मिलन श्रेष्ठ, गोपाल खड्का, कर्ण चन्द, कृष्णबहादुर खड्का, महेन्द्र चौधरी, र महिला सदस्यमा जानकी तारुङ्ग सर्वसम्मत चयन हुनुभएको छ । अध्यक्षमा निर्वाचित भएपछि ए वान मिडिया संग संक्षिप्त कुराकानी गर्दै रावलले फुटवलको विकासका लागि लागिपर्ने बताउनुभएको छ ।