माघ ,७ सुर्खेत
प्रदेश नं ६ का प्रदेशसभा सदस्यले आईतवार सामूहिक रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश नं ६ का ज्येष्ठ प्रदेशसभा सदस्य हिमवहादुर शाहीले सुर्खेतको जिल्ला समन्वय समितिको सभाकक्षमा उनीहरूलाई शपथ गराएका थिए । ज्येष्ठ सदस्य शाहीले आईतवारनै प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग पद तथा गोपनीयताको शपथ लिएका थिए ।
सपथसँगै प्रदेशसभा सदस्यहरुले संघीयताको कार्यान्वयनको चरण सुरु भएको प्रतिक्रिया दिएका छन् । उनिहरुले ‘सपथ लिएसँगै संघीयता लागू भएको आभाष भएको वताएका छन् । सपथ लिएपछि प्रदेशसभा सदस्य जीवन वहादुर शाहीले ६ नम्वर प्रदेशको समृद्धिका लागि सवै एकजुट भएर अगागि वढ्नुपर्ने वताए । उनले प्रदेशको सम्रग विकासका लागि च्याउँ , स्याउँ र झ्याउ लाई संरक्षण गर्नुपर्ने वताए । उनले राजनीतिलाई मात्र खेल नखेलेर पहिला प्रदेशलाई धनि वनाउने वाटोमा लाग्र्नुपर्ने वताए । नेपाली काग्रेस यो प्रदेशमा प्रतिपक्षमा वस्छ , उनले भने । तर यहाँको समृद्धिका लागि सामुहिक रुपमा योजना वनाई अघि वढ्ने वताए । छिट्टै प्रदेशसभा गठन गरी विकासको ढोका खोल्नुपर्ने र प्रदेश नं ६ देशकै नमुना प्रदेश वनाउनका लागि योजना वनाई अघि वढ्नुपर्ने वताए । उनले यो प्रदेशमा प्रशस्त विकासका सम्भावनाहरु रहेका छन् ,विकासलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्नुपर्ने शाहीको भनाई छ । प्रदेशसभा सदस्य तथा मुख्यमन्त्रिका आकांक्षी महेन्द्र वहादुर शाहीले जुनसुकै पार्टिवाट निर्वाचित भएर आएका सम्पुर्ण सदस्यहरु पक्ष , प्रतिपक्ष नभई सवै सत्तापक्ष भएर ६ नम्वर प्रदेशको विकासमा जुट्नुपर्ने वताए ।
यस्तै प्रदेश सभा सदस्य पद्मा खड्काले यो प्रदेशमा अहिले सम्म पनि वाटो घाटोको सहज पहुज नभएका जिल्लाहरुमा यातायात संचालनका लागि प्रमुख दायित्व रहेको वताईन् । यता कर्णालीको विकास र दुर्गम जिल्लाका महिलाहरुलाई आत्मनिर्भर वनाउनका लागि विशेष पहल गर्ने समेत कर्णालीका महिला सदस्यहरुले वताएका छन् ।
सपथ लिन पुगेका प्रदेशसभा सदस्यहरु उत्साही देखिन्थे । प्रदेशसभा सदस्यहरुले सपथसँगै खुसी साटासाट समेत गरे । केहीले पहिलो पटक भेट भएर परिचयसँगै सेल्फी खिचे भने पहिले नै चिनापरिचय भएका सांसदले सामूहिक तस्वीर समेत खिचाए । सामुहिक सथप ग्रहण पछि प्रदेश प्रमुख खनालले आफु संबिधानको मर्म र भावना अनुरुप अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले संघियताको नयाँ युग सुरु भएको वताए । उनले ६ नम्वर प्रदेशलाई समृद्ध गराउनका लागी सवै प्रदेश सभा सदस्यहरु एकजुट भई दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने वताए ।
प्रदेशको अन्तिम निर्वाचन परिणाम घोषणा भएको २० दिनभित्र पहिलो बैठक बसिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागि ज्येष्ठ सदस्य र सांसदले सपथ खाएसँगै बाटो खुलेको छ । प्रदेश नं ६ मा प्रदेशमा प्रत्यक्ष तर्फ २४ जना र समानुपातिक तर्फबाट १६ जना प्रदेशसभा सदस्य रहेका छन् भने सुर्खेत , दैलेख , कालिकोट , जुम्ला , हुम्ला , मुगु , डोल्पा , जाजरकोट , सल्यान र रुकुम जिल्ला पर्छन् ।
प्रदेश मन्त्रिपरिषद्को गठन
संविधानअनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन गरिने छ । प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र मुख्यमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यमध्येबाट समावेशी सिद्धान्तका आधारमा मुख्यमन्त्रीसहित प्रदेशसभाका कूल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरीे प्रदेश मन्त्रिपरिषद् गठन गर्नेछन् ।
प्रदेशको कार्यकारिणी अधिकार संविधान र प्रदेश कानूनबमोजिम प्रदेश मन्त्रिपरिषद्मा निहित हुनेछ । प्रदेशसभा संसद्, प्रदेश मुख्यमन्त्री र अरु मन्त्रालयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार र जनशक्तिको अन्तरिम व्यवस्थापनका लागि गृहकार्य भइरहेको सामान्य र शहरी विकास मन्त्रालयले जानकारी दिएका छन् । प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा सार्वजनिक भई प्रदेश प्रमुखको नियुक्ति र प्रदेशसभा सदस्यको आजको शपथसँगै यसअघि उब्जिएका राजनीतिक र संवैधानिक प्रश्न र गतिरोधले समाधान पाएका छन् ।