माघ ,१० सुर्खेत
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सुर्खेतले आफ्नो ५३औं वार्षिकोत्सवको अवसर पारेर प्राशान्ति वृद्धा आश्रमलाई सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत वुधवार राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सुर्खेतका प्रवन्ध निर्देशक होताराम योगी सहित कर्मचारीहरुले नगद ५० हजार रुपैया प्रशान्ति वृद्धा आश्रमलाई सहयोग गरेका हुन् ।
वुधवार वैंकका निर्देशक योगीले बैंकको ५३ औं वार्षिकोत्सवको अवसरमा आश्रमलाई सहयोग गरेको बताए । उनले जेष्ठ नागरिकको हकहितको लागि समुदायको गरेको कार्यप्रति आफुहरु प्रभावित भएको भन्दै आगामी दिनहरुमा पनि आश्रमलाई समन्वय गरेर सहयोग गर्ने बताए । ‘वृद्धवृद्धाहरुको सेवामा समुदायनै तल्लिन भएर लागेकोमा गर्भ महशुस भएको र यो कार्य सराहनिय छ’ निर्देशक योगीले भने, ‘आज हामीलाई सहयोग गर्ने मौका जुटाइदिनु भएकोमा हामी अभारी छौै“ ।’ उनले समुदायले गरेको सेवामा सरकारले पनि सहयोग गर्न आवश्यक रहेको बताए ।
सहयोग हस्तान्त्रण कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले निर्देशक योगी सहित वैंकका कर्मचारीहरुलई आश्रमलाई गरेको सहयोग प्रति धन्यवाद दिर्दै आगामी दिनहरुमा सहयोगलाई निरन्तरता दिनु पर्ने बताए । उनले आगामी दिनमा पनि आश्रमलाई सहयोग र सल्लाह सुझाव निरन्तर दिन अनुरोध गरे । उनले हस्तान्तर गरेको रकम आश्रमको अश्रय कोषमा जम्मा गर्ने वताए । हाल सम्म आश्रमको कोषमा करिव ४० लाख रुपैया जम्मा भइसकेको छ ।
सहयोग हस्तान्त्रण कार्यक्रममा वैंकका सहायक प्रवन्धक लिलाराम ढुडगाना ,थिर वहादुर थापा , सोमनाथ पौडेल, सुनिल श्रेष्ठ , हिक्मत वहादुर कार्कि , रमेश खड्का , ओम प्रसाद शाही , सीता डागी , टेक व वुढा र सर्वानन्द सुवेदीको सहभागिता रहेको थियो ।