
सुर्खेत, माघ १२ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विद्यावारिधि पीएचडी कार्यक्रम सुरु गरेको छ । शुक्रबार वीरेन्द्रनगरमा एक समारोह आयोजना गरी विश्वविद्यालयले आप्mनो व्यवस्थापन संकायमा पीएचडी कार्यक्रम सुरु भएको जानकारी दिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दैै प्रदेश नं। ६ का प्रदेश प्रमुख दुर्गा केशर खनालले विगतका शासकका कारणले गर्दा प्रदेश नम्बर ६ शैक्षिक क्षेत्रमा पछाडी परेको बताए । शासकहरुले सन्तुलित विकास नगर्दा यो क्षेत्र पछाडी परेको उनको भनाई छ ।
समग्र प्रदेश नम्बर ६ को विकासका लागि शिक्षाको पनि महत्वपुर्ण भुमिका रहने प्रदेश प्रमुख खनालले बताए । २५ बर्ष पुराना विश्वविद्यालयहरुले संचालन गर्न नसकेको कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालयले संचालन गर्न लागेकोमा प्रदेश प्रमुख खनालले त्यसको प्रशंसा गरे ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा। डा। उपेन्द्रकुमार कोइरालले प्रदेश नं। ६ गरिब नभएको र यहाँ बस्ने मान्छेहरु विचार गरिब भएको भन्दै यही कारणले शैक्षिक उन्नती हुन नसकेको बताए । प्रदेश नम्बर ६ स्रोत साधनले भरिपुर्ण भएपनि प्राप्त स्रोत साधनलाई प्रयोग गर्न नसकेको उनको भनाई छ ।

जबसम्म प्रविधि उन्मुख शिक्षालाई अगाडी बढाउन नसके आर्थिक रुपले समृद्ध मुलुक बनाउन नसकिने उनले बताए । अब मध्यपश्चिमाञ्चल विश्वविद्याललाई भेरी पारीको विश्वविद्यालय नभई विश्वभरको बनाउने अभियानमा आफुहरु लागि प्राध्यापक डा। कोइरालाले बताए ।
कार्यक्रममा सुर्खेत निर्वाचन क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्य नवराज रावतले आफुसंग स्रोत साधनलाई परिचालन गरेमात्र प्रदेश विकास गर्न सकिने बताए । कार्यक्रममा बोल्दै रावतले विगतमा विश्वविद्यालयले निकै समस्या झैल्दै आएको भएपनि अहिले यसले जनताको भावना अनुसारको फड्को मारिरहेको बताए । विश्वविद्यालयले विद्याबारधी कार्यक्रम लागु गरेर अहिलेको अवस्थामा आइपुग्नु खुशीको कुरा रहेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार डाक्टर महेन्द्रकुमार मल्लले विद्यावारधी शुरु गरेको अवसर इतिहाँसका लागि महत्वपूर्ण सावित हुने उल्लेख गर्दै यसले समाजको आमुल परिवर्तनका लागि कोशेढुङ्गाको काम गर्ने बताए ।
समुद्घाटन कार्यक्रममा विज्ञका रुपमा त्रिभुवन विश्वविद्यालका पुर्व शिक्षाध्यक्ष तथा व्यवस्थापन संकायका पुर्वडीन प्रा।डा। प्रेमराज पन्त, काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डीन प्रा।डा। विजय के।सी।, राष्ट्रिय योजना आयोगका सदस्य प्रा। पुस्कर बज्राचार्य, त्रिभुवन विश्वविद्यालय एमफिल पीएचडी कार्यक्रमका निर्देशक प्रा।डा। माधबराज कोइराला लगायतको उपस्थिती रहेको थियो ।
यसैबीच विश्विद्यालयले प्रदेश प्रमुख, प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद, प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरुलाई सम्मान समेत गरेको थियो ।