कालिकोट , माघ /१९
जिल्ला स्वास्थ्य कार्यालय कालिकोट प्रमुख डा.कौशल अलिलाई विप्लव निकट नेपाल कम्युनिष्ट पार्टीका कार्यक्रताहरुले दुव्र्यवहार गरेका छन् । सुत्केरीको उपचार गर्न रास्कोट नगरपालिका पुगेका डा.अलिलाई मोसो दलेर दुब्यहार गरेका हुन् ।
सान्नी त्रिवेणी गाउँपालिका ४ का १८ बर्षिया जमुना सहकारी प्रसुति हुन नसकेपछि उपचार गर्न गएका डा. अलिलाई भष्टचार गरेको आरोपमा मसो दलेका हुन् ।
प्रसुति हुन नसकेर सहकारीको मृत्यु भएको सहायक जिल्ला प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताए ।