बैशाख १०,सुर्खेत
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो ।
नीति तथा कार्यक्रममा भौतिक पुर्वाधार, पर्यटन र जलविद्युतको विकास गरि कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश निर्माण गर्ने संकल्प लिईएको छ । मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शनिवार सम्पन्न कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकद्धारा स्वीकृत नीति तथा कार्यक्रम आईतवार प्रदेश प्रमुख दुर्गाकेशर खनाल समक्ष पेश गर्नुभएको थियो ।
आज प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको पुर्ण पाठ ।