कालिकोट जेठ १८ ।
कर्णाली राजमार्गको शुभकालिका गाउँपालिका १ को गगनेखोलामा पहिरो आउँदा कर्णाली राजमार्ग अबरुद्ध भएको छ । बिहिबार राती आएको पहिरोका कारणले कर्णाली राजमार्ग अबरुद्ध भएको हो ।
गगनेखोलामा पानी आउँदासाथ पहिरो आउने भएका कारणले कर्णाली राजमार्ग अबरुद्ध भएको स्थानीय नरबहादुर सुनारले बताए । ‘गगनेखोलामा बिगतमा पनि पानी पर्दासाथ पहिरो आउने गरेको छ ।’ उनले भने,‘बिहिबार राती पानी परेका कारणले पहिरो आएको र राजमार्ग अबरुद्ध भएको छ ।’
कर्णाली राजमार्गको गगनेखोलाको पहिरो आएको राजमार्ग अबरुद्ध भएको पहिरो खुलाउन डोजर लगाईको दिउँसोसम्म खुल्ने कालिकोट जिल्लाका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले बताए । ‘पहिरोका कारणले अबरुद्ध रहेको राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।’ उनले भने,‘आज(शुक्रबार) दिउँसोसम्म राजमार्ग खुल्छ ।’