सुर्खेत, साउन ७ ।
जिल्लामा जीर्ण अवस्थामा रहेका प्राचिन, धार्मिक एवंम् पर्यटकिय स्थलहरुको पुन निर्माण गर्न सबै एकजुट हुनुपर्ने कर्णाली प्रदेश प्रमुख दुर्गा केशर खनालले बताउनुभयो ।
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं.९ लाटिकोईलिमा अवस्थीत ऐतिहासिक, प्राचिन एवंम् धार्मिक शिब मन्दिरमा शुरु भएको शिव महामहोत्सव २०७५को उद्घाटन गर्दै प्रमुख खनालले जिल्लामा थुप्रै पर्यटकिय र धार्मिक स्थानहरु रहेको भएपनी उचित सम्भार हुन नसक्दा जीर्ण र लोभ हुदै गईरहेको उल्लेख गर्नुभयो । उहाले शिब मन्दिरमा श्रावण मेला सहित महामहोसत्वको आयोजना हुनु जिल्लाको मात्र नभई समग्र कर्णाली वासीहरुको प्रतिस्ठा रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा बिशेष अतिथि पर्यटन मन्त्री नन्द सिंह बुढाले कर्णाली पर्देशमा थुप्रै एतिहासिक धार्मिक सम्पदा भएको र त्यस्ता सम्पदाहरुको मर्मत सम्भार नहुदा ओझेलमा परेको बताउनुभयो । उहाले विभिन्न धार्मिक,पर्यटन छेत्रका लागि मन्त्रालयले ३ करोड बजेट विनियोजन गरि सकेको र शिव मन्दिरका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एवंम् शिव महापुराण, श्रावण मेला सहित लाटीकोईली सुर्खेत धार्मिक शिव महामहोत्सव–२०७५ मुल आयोजक समितिका अध्यक्ष ध्रुवकुमार श्रेस्ठले साउन १७ गते सम्म संचालन हुने शिव महापुराण, श्रावण मेला एवंम् लाटीकोईली सुर्खेत धार्मिक महामहोसत्व २०७५ लाई भव्य र सभ्य रुपमा सफल पार्न अनुरोध गर्नुभयो ।
यस्तै कार्यक्रका मार्गदर्शक–संकल्पकर्ता श्रद्धेय श्री गोविन्द शरण महाराज जीले नयां मन्दिरहरु बनाउनु भन्दा पनि प्राचिन एवंम् जीर्ण अवस्थामा रहेको मठ मन्दिरहरुको मर्मत गरि संचालनमा ल्याएमा उक्त स्थानको महत्व बढ्नुका साथै धार्मालवम्बीहरुको महिमा र आस्था बढ्ने बताउनुभयो ।
महोत्सवमा प्रत्येक दिन बिहान ५ बजे देखि ७ बजे सम्म योग शिविर, बिहान ७ बजे देखि ८ बजे सम्म पाठ परायण १० बजे देखि ४ बजे दिउसो सम्म कथा प्रवचन तथा बिभिन्न धार्मिक झां प्रदर्शनश र सांझ ७ बजे देखि राती १० बजे सम्म भजन कृतन हुने प्रचार–प्रसार समितीका संयोजक मिलन श्रेष्ठले बताउनुभयो ।