
सुर्खेतमा जापानी प्रविधिको साउना बाथ र स्टिम सेवा सुरु भएको छ ।
विद्युतिय उपकरणको सहायतामा निकालिएको तापसंगै बन्द कोठामा बसेर साउना वाथ गरिन्छ । यसो गर्दा शरीरका बिकार पसिनासंगै बगेर जान्छ
साउना र स्टिमको प्रयोग गर्नाले धुम्रपान र मध्यपानको प्रयोगबाट उत्पन्न स्वास्थ्य समस्याहरुको जोखिमलाई न्युनीकरण गर्ने, शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउने, छालालाई नरम, चिल्लो, चम्किलो बनाउने, खोकी, पिनाश, एलर्जी, खकार र श्वासनलीको समस्याबाट छुटकारा दिलाउने संचालकको दाबि छ ।
माशिक १५ सयमा ग्राहक बन्न सकिने छ । महिलालाई हरेक हप्ताको सोमबार र शुक्रबार छुट्याइएको छ भने पुरुषहरुले लागी अन्य पाँचबार वाथको सुविधा लिन सक्नेछन् ।
यो प्रविधि वीरेन्द्रनगर ८ आवासक्षेत्र नजिक मानसरोबर होटेलको माथील्लो तलामा सञ्चालन गरिएको छ ।
होम डांगी र जिवन विसीले करिब १६ लाखको लगानीमा सञ्चालन गरेको उक्त वाथ सेन्टरको शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री दल रावलले उद्घाटन गरेका हुन् ।