दुर्घटनामा लेकवेशी नगरपालिका–८ गन्नेपानीका जानकी दर्लामी र देउमाया बनटाकिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते चार जनाको अवस्था गम्भीर छ । घाइतेहरुको कर्णाली प्रदेश अस्पताल कालागाउँ र माया नर्सिङ्ग होममा उपचार भइरहेको एसपी रजौरेले बताउनु भयो । लेकबेसी – ८ गन्नेपानीको जन जागृती युबा क्लबको टोली पिकनिक खाएर फर्कदै गर्दा बस दुर्घटना भएको प्रहरीको भनाई छ । बस सडकबाट झण्डै एकसय मिटर तल खसेको छ ।