सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको कर्णाली प्रदेश समितिको आयोजनामा बिहिवार देखि कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा सम्मेलन कार्यक्रम हुने भएको छ । पार्टीको नीति तथा सिद्धान्तका बारेमा अझ शसक्त बनाएर अगाडि लैजाने उद्देश्यका साथ उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको पार्टी का केन्द्रिय सदस्य तथा प्रदेश अध्यक्ष धन ब. बुढाले बताउनु भयो ।
प्रशिक्षण दिनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मङ्सिर २७ गते बिहिवार सुर्खेत आइपुग्ने कार्यक्रम रहेको बताइएको छ ।
सनातन हिन्दु राष्ट्र र राजतन्त्र सहितको प्रजातन्त्रका लागि पार्टीले आफ्नो तहबाट सधैं संघर्ष गरिरहने बुढाको भनाई छ । पार्टीले एउटा निर्वाचनमा हार व्यहोर्दैमा सबै सकिएको भनेर टिप्पणी गर्नेहरुको कमी नभएपनि पार्टीका सबै कार्यकर्ता तथा नेताहरुलाई धैर्यताका साथ संगठन निर्माणमा लाग्नु पर्ने बेला आएको र यही फागुन ७ गते देखि काठमाडौं मा हिन्दु राष्ट्र कायम का निम्ति आन्दोलन गर्ने कुरा बुढा को भनाई थियो ।
पार्टीका केन्द्रिय अध्यक्ष कमल थापा, प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देल लगायत का थुप्रै नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको जनाइएको छ