
सुर्खेत – सर्वाधिक राशीको गायन प्रतियागिता “नेपाल लोक स्टार” संचालनमा आउने भएको छ । ७ वटै प्रदेशमा अडिसन सुरु गर्ने तयारी गरेको चहाना मिडियाले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गदै सर्वाधिक पुरस्कार राशीको गायन प्रतियोगिता ‘नेपाल लोक स्टार’ कर्णाली प्रदेश अडिशन फागुन २० गते सुर्खेतमा गरिने जनाएको छ ।
सिङगिङ रियालिटी शो नेपाल लोक स्टारका विजेताले ५० लाख रुपैयाँ, दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने संगीतकार तथा आयोजक चाहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिए । सांगीतिक प्रतियोगितामा सान्त्वना पुरस्कारको पनि व्यवस्था गरिएको उनले बताएका छन । प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हातमा रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहने अध्यक्ष कोईरालाले जनाएका छन् । उत्कृष्ट ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ भने उत्कृष्ट २० बाट १० सम्म ५० र ५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहने कोईरालाले वताए । उनले उत्कृष्ट १० बाट फाइनलसम्म भने सम्पूर्ण अधिकार दर्शकको भोटमा आधारमा गरिने जानकारी दिए ।

कोइरालाका अनुसार आवेदन नेपाल लोक स्टारको एप्सका साथैं वेभसाइटबाटै पनि भर्न सकिने छ । विभिन्न चरणमा हुने लोक स्टार प्रतियोगिताले लोक संगीतको विकास मद्दत पुर्याउने अध्यक्ष कोइरालाले बताए । उनले फागुन २० गते हुने “नेपाल लोक स्टार” कर्णाली प्रदेश अडिशनका लागि एपीवान टेलिभिजन कर्णाली व्युरो कार्यालय सुर्खेत लगायत अन्य ठाउँहरुवाट पनि लिन सकिने वताएका छन् । कर्णाली प्रदेश विकट प्रदेश भएकाले लोक तथा संगितमा रुची भएपनि अडिशनमा सहभागि हुन नसके “नेपाल लोक स्टार” को मोवाईल एप्स डाउनलोड गरि आफ्नो अडिशन दिन सक्ने समेत कोईरालाले वताए । उनले अडिशन फारमको १ हजार रुपैया तोकिएको समेत वताएका छन् ।
एपीवान टेलिभिजनवाट प्रशारण हुने रियालिटी शोको निर्णायकमा नेपाली लोक संगीतका धरोहर जयनन्द लामाको साथमा वरिष्ठ संगीत संयोजक, संगीतकार तथा गायक बीबी अनुरागी, गायक तथा मोडल रमजी खाँण तथा गायीका सुनिता दुलाल रहेकी छिन । कार्यक्रमको सञ्चालनको जिम्मा भने नायिका तथा कार्यक्रम सञ्चालिका शुभेच्छा खड्का तथा हाँस्य टेलिसिरियल भद्रगोलका कलाकार अशोक धितालले गर्ने आयोजकले वताएको छ ।