
१०२ रनको लक्ष्य कर्णालीले कप्तान रबिन्द्र जंगशाहीको अविजित ४५ रनको पारीसंगै १४ दशमलव दुर्इ ओभरमा दुर्इ विकेट गुमाएर पुरा गरेको हो। टस जितेर ब्याटिङ गरेको लालिगुराँसले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर १०१ रन बनाएको हो। लालिगुँरासकालागि रोनक दाक्षिनीले २१ र अजय यादवले २० रन बनाए ।
पाहुना टोलीलार्इ सस्तैमा समेट्ने क्रममा कर्णालीका किशोर महतोले ४ ओभरमा १४ रन मात्र दिएर तीन विकेट लिए । यस्तै दिवान पुनले पनि तीन तथा जितेन्द्र सिंह ठकुरीले दुर्इ विकेट हात पारे ।
शुक्रबार ८ बजे न्यु होरार्इजन बुटवल र महेन्द्रनगर किक्रेट एकेडेमी तथा दिउँसो विभागिय टोली आर्मी र लालिगुराँस क्रिकेट एकेडमी भिड्ने छन । २१ गतेसम्म चल्ने प्रतियोगितामा दुर्इ विभाग सहित ८ टोलीले सहभागिता जनाएको कर्णाली किक्रेट एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए । लिग–कम नक–आउट फर्म्याटमा हुने प्रतियोगितमा २ समुहबाट उत्कृष्ट २ टिम सेमिफाइनल पुग्ने छन।
लिगको विजेताले पाँच लाख रुपैयाँ पाउने छ भने उपविजेताले दुर्इ लाख हात पार्ने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले ५० हजार हात पार्नेछन भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०र२० हजार पाउने छन्। यस्तै फाइनल खेलमा एकजना दर्शकलाई गोला प्रथाबाट रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ। प्रतियोगितामा छक्का समात्ने दर्शकलार्इ एक हजारको पुरुस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।