
गैरआवासीय नेपाली संघ ( एनआरएन ) अस्ट्रेलियाकोे जुलाई ६ तारिखमा हुने निर्वाचनमा संजयराज पुरीले राष्ट्रिय सम्वन्य समिति सदस्य पदमा उमेद्वारी दिएका छन् । साझा एनआरएन सवल एनआरएन भन्ने नारासहित राष्ट्रिय सम्वन्य समिति सदस्य ( NRNA NCC MEMBER ) पदका लागी पुरीले उमेद्वारी दिएका हुन् । वीरेन्द्रनगर -११ पिपिरा सुर्खेतका स्थानिय वासिन्दा पुरी लामो समयदेखी अस्ट्रेलियालाई कर्मथलो वनाउदै पत्रकारिताका क्षेत्रवाट नेपालीहरुलाई जोड्दै आएका छन् । अस्ट्रेलियाका विभिन्न क्षेत्रहरुमा वसोवास गर्ने नेपाली समुदायका आवश्यकताहरुको बारेमा राम्रो जानकार रहेका पुरी रेडियो एडीलेडवाट नेपालीको आवाजलाई शसक्त रुपमा उठाउदै आएका छन् । पुरीले पत्रकारिताका क्षेत्रवाट नेपालीहरुका हक र अधिकारका लागी निरन्तर लागिपरेका छन् । लामो समयदेखी एनआरएन गतिबिधी संग परिचित रहेका संजयराज पुरी सत्य कुरामा जोड दिने, निडर र खरो स्वभावका रूपमा चिनिंदै आएकाले एनआरएनलाई सकारात्मक बाटोमा अगाडि बढाउँन सक्ने अनुभवी उमेद्वारका रूपमा पुरीलाई लिने गरिएको छ ।
अस्ट्रेलियाका विभिन्न स्थानमा वसोवास गदै आएका नेपाली समुदायका आवश्यकताहरुको बारेमा समेत परिचित संजयराज पुरीले निर्वाचन पश्चात बहुसांस्कृति समाजमा नेपाली समुदायलाई अझै सशक्त रुपले अगाडी बढाउन सकारात्मक तवरले आफ्ना सिपहरु को सही सदुपयोग गर्दै अघि वढ्ने वताएका छन् । उनले आगामी दिनमा विश्वभर अस्ट्रेलियाको पनि बलियो र गहकिलो उपस्थिति जनाउनका लागी आफुले उमेद्वारी दिएको दावी गरेका छन् । पुरीले संस्थालाई सकारात्मक रूपमा अगाडि बढाउनका लागी सामाजिक, शैक्षिक, प्राविधिक, वौद्विक, अनुभवी सबै क्षेत्रलाई समेट्ने गरी बर्तमान निर्वाचनमा पनि साथीहरु बिचमा समझदारी बनाएर जानुपर्ने धारणा राखेका छन् ।
लामो समयदेखी एनआरएन गतिबिधी संग परिचित रहेका पुरी सत्य कुरामा जोड दिने, निडर र खरो स्वभावका रूपमा चिनिंदै आएकाले एनआरएनलाई सकारात्मक बाटोमा अगाडि बढाउँन सक्ने अनुभवी उमेद्वारका रूपमा संजयराज पुरीलाई लिने गरिएको छ ।
उनले विश्वमै सबैभन्दा बढी गैरआवासीय नेपाली सदस्य रहेको मुलुक अष्ट्रेलियामा एक लाखको हाराहारीमा नेपालीहरु रहेपनि हालसम्म झन्डै १२ हजार नेपालीहरु मात्र सदस्य रहेकोले निर्वाचन पश्चात सम्पुर्ण नेपालीहरुको हितका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भनेका छन् , “निर्वाचनको क्रममा सस्तो लोकप्रियताको निम्ति मात्र आफ्नो एजेण्डा नभई संस्थाको लक्ष्य र उद्देश्य प्राप्तिका लागी काम, कर्तव्य र अधिकारको निम्ति सदैव निडररुपमा प्रस्तुत हुनेछु ।” संस्थागत रुपमै विकास भएमात्र एनआरएन बलियो हुने भन्दै सबै नेपालीले माया गर्ने साझा संस्था बनाउनको लागी पनि सबै पक्षलाई समेटेर जानुपर्ने कुरामा संजयराज पुरीले जोड दिएका छन् ।
लामो समयदेखी अस्ट्रेलियामा रहेर नेपालीहरुका लागि पत्रकारिताका क्षेत्रवाट कलम चलाउदै आएका पुरीले निर्वाचित पश्चात गर्ने प्रतिवद्धताहरु समेत पेश गरेका छन् ।
– अस्ट्रेलियामा विभिन्न राज्यहरुमा हाम्रा साना साना बालबालिकाहरुले नेपाली भाषा पढ्दै आएका छन त्यसमा एकरुपता लिएर आउनको निम्ति एउटै पाठ्यक्रम गराउन भूमिका खेल्ने ।
–हरेक राज्यमा मेन्टल हेल्थसँग जनचेतना फैलाउने कार्यक्रम गर्ने ।
–युवाहरुमा ग्यम्ब्लिंग र पोकिज जस्ता कुराको लत देखिन सक्ने हुदा त्यस सम्बन्धि जनचेतना जगाउने कार्यक्रम गर्ने ।
–युवा लक्षित खेलकुद कार्यक्रमलाई प्रोत्सहान गर्ने ।
–एनआरएनए अस्ट्रेलियाको संरचनागत सुधारका लागि पछिल्लो समय निर्वाचन प्रणाली खर्चिलो हुदै गएकाले त्यसलाई मध्यनजर गर्दै एनआरएनए अभियानमा जोडिन चाहने सबैलाई पहुच गराउने उद्देश्य सहित उम्मेदबार शुल्क कम गराउने ।
–हामी प्रबिधियुक्त देशमा बसेका छौ त्यसैले हरेक सदस्यले घरमै बसेर अनलाईन भोटिंग गर्न पाउने ब्यबस्था गर्ने र सदस्यता शुल्क निशुल्क गराउदै चुनाब केन्द्रित सदस्यता लिने प्रकृयालाई परिवर्तन गर्ने ।
सोही आवश्यकतालाई आत्मसाथ गरी आगामी दिनमा सबैले हातेमालो गर्दै संस्थालाई अगाडी बढाउँनुपर्ने बताउँदै पुरीेले कुशल र सक्षम नेतृत्व चयन गर्नका लागी समेत सबैमा अनुरोध गरेका छन् ।