
काठमान्डौ – नेपाल सरकारले प्रतेक वर्ष वितरण गर्ने रास्ट्रिय तथा प्रादेशिक पुरस्कार कर्णाली प्रदेशको तर्फबाट जुम्लाका युवा गायक, गितकार तथा संगितकार पदम रोकायाले प्राप्त गरेकाछन ।
उक्त पुरस्कार नेपाल सरकार सांसकृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमनत्री स्तरियको निर्णय अनुसार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले वितरण गर्नु भयको थियो । रोकायलाई पुरस्कार सहित रु ५०,००० पचास हजार नगद राशि प्रधानमन्त्री ओलीले सम्मानित हस्तान्तरण गर्नु भयको थियो।
कार्यक्रममा सांकृतिक राज्यमन्त्री धन बहादुर बुढा संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका उपकुलपति लगायत रास्ट्रीय स्तरका उच्चस्तरका ब्याक्तिको सहभागिता थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलका भएको समर्पण समारोहमा सबै प्रदेशबाट १, १ जना श्रष्टा पुरस्कृत हुनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार पनि वितरण गरिएको थियो ।