
नेपाल तरूण दलको ६६ औँ स्थापना दिवसका अवसरमा तरुणदल सुर्खेतले फुटसल प्रतियोगिता संचालन गरेको छ ।
कार्यक्रममा बोल्दै पुर्व संचार राज्यमन्त्री तप्तबहादुर विष्टले दुई तिहाईको सरकारले कांग्रेस कार्यकर्तालाई विभिन्न आरोप लगाई षड्यन्त्र पुर्वक फसाउन खोजेकोले सचेत रहन आग्रह गर्नुभयो ।

राजनितिक परिर्वतनका लागि यूवाहरुको रचनात्मक भुमिका अपरिहार्य छ भन्ने सन्देश प्रवाह गर्न स्थापना दिवसको अबसर पारेर फुटसल प्रतियोगिता संचालन गरिएको तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिनुभयो ।
तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टको अध्यक्षतामा फुटसल संचालन भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, भातृ तथा सुभेच्छुक संघ संगठनका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । शुक्रबार देखि सुरु भएको प्रतियोगिता आईतबार सम्पन्न हुनेछ ।