सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.ले थप नयाँ सुबिधासम्पन्न एयर बस संचालनमा ल्याएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट देशैभर सेवा दिँदै आएको प्रतिष्ठित सुर्खेत काक्रेबिहार यातायात प्रा.लि.ले सुविधा सम्पन्न थप दुईवटा एयर बस ल्याएको हो ।
सुर्खेत काक्रेबिहार प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले यात्रुहरुको सुबिधाकालागी सुबिधा सम्पन्न दुईबटा नयाँ एयर बस संचालनमा ल्याएको बताए । उनले भने ,प्रालिबाट कर्णाली प्रदेशका १० बटै जिल्लाका साथै नेपालगंन्ज,महेन्द्रनगर ,धनगढी ,दाङ दिवा सेवा संचालनमा रहेको सापकोटाले जानकारी दिए । सुर्खेत काक्रेबिहार प्रालिमा एक सय ६० बटा गाडी रहेको र थप ५ वटा एअर सस्पेन्सल गाडि पुष मसान्तसम्म संचालनमा ल्याउने तयारी भएको बताए । यात्रुहरुको सहजताका लागि २०७७ को दशैलाई मद्यनजर अहिलेदेखिनै थप सुविधाजनक गाडी भित्र्याउने महत्त्वपूर्ण कार्यदिशा कार्यसमितिले तयार पारेको सापकोटाले बताए । सापकोटाले अस्वस्थ प्रतिस्पर्धाका नाममा सुर्खेत काँक्रेबिहारको नाम संग मिल्दोजुल्दो नाम राखेर संचालन गरिएका यातायात प्रालिहरु सङ नझुक्किन यात्रुहरुलाई आग्रह गरेका छ्न ।
यातायातका साधनको संख्या थप गर्दै जाने आफूहरूको योजनाले यात्रीहरूलाई सहज तथा सर्वसुलभ सेवा दिन सकिने अध्यक्ष सापकोटाको विश्वास छ ।