
अस्ट्रेलियाको सिड्नीमा रहेका सुर्खेतीहरूको वृहत भेलाले चन्द्र प्रकाश ढकालको अध्यक्षतामा सुर्खेत समाज अस्ट्रेलिया गठन गरेको छ।
शनिबार भएको सुर्खेती भेलाले महासचिवमा गणेश सापकोटा, सचिवमा ईश्वर गौतम र सहसचिवमा सुशील पराजुली मनोनयन गरेको छ।
संस्थाको कोषाध्यक्षमा सोभित राना, सहकोषाध्यक्षमा चेतन अधिकारी चयन भएका छ्न ।
यस्तै सदस्यहरूमा भरत गौतम,याम अधिकरी, यक्ष भण्डारी, अनिल केसी , मन्तोष कार्की, विदुप पन्त,सरस्वती उपाध्याय, भूपेन्द्र पौडेल,आकाश रोका, रोशन कार्की,एन्जल श्रेष्ठ,रुवी थापा, युवराज धमला,रोशन कार्की र सुवास ढकाल रहेका छन्।
नवगठित सुर्खेत समाजको सल्लाहकारमा नविन अर्याल र डिल बस्नेत रहेका छन् भने संस्थाको उपाध्यक्षमा सोयम केसी चयन भएका छन्।
कार्यक्रममा एनआरएन आइसिसीका पूर्व युवा संयोजक विजय पोखरेल, सामाजिक अभियन्ता राजु मानन्धरलगायतको उपस्थिति रहेको सरस्वती उपाध्यायले जानकारी दिईन ।