
सुर्खेत तरुण दलका अध्यक्ष हरी विष्टले धुर्मुस सुन्तली फाउण्डेसनद्धारा चितवनमा निमार्ण हुन लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेका छ्न । कलाकार, खेलाडी तथा व्यवसायीको पहिचान बनाइसकेका बिष्टले जन्मदिनमा केक काट्नुको साटो विकास निर्माणमा सहयोग गर्न उक्त रकम सहयोग गरेको बताए ।
बिस्टले ‘मलाई आजकै दिन यो धर्तीमा पाइला टेकाउने मेरा भगवान रूपी आमा सेतु बिष्ट र बुवा धनबहादुर बिष्टको पाउमा शिर टेकाउँदै धुर्मुस–सुन्तलीद्वारा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालालाई ५१ हजार १ सय ११ रूपैयाँ र सुर्खेत उद्योग वाणिज्य संघको व्यावसायिक राहत अक्षय कोषलाई ५१ हजार १ सय ११ रूपैयाँ एकमुष्ट प्रदान गरेको बताएका छ्न ।
साथै उनले सुर्खेत उद्योग वाणिज्य संघको व्यावसायिक राहत अक्षय कोषलाई पनि आफ्नो जन्मदिनको अवसरमा ५१ हजार १ सय ५१ रुपैयाँ सहयोगको घोषणा गरेका छन । बिस्टले ‘मलाई आजकै दिन यो धर्तीमा पाइला टेकाउने मेरा भगवान रूपी आमा सेतु बिष्ट र बुवा धनबहादुर बिष्टको पाउमा शिर टेकाउँदै धुर्मुस–सुन्तलीद्वारा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालालाई ५१ हजार १ सय ११ रूपैयाँ र सुर्खेत उद्योग वाणिज्य संघको व्यावसायिक राहत अक्षय कोषलाई ५१ हजार १ सय ११ रूपैयाँ एकमुष्ट प्रदान गरेको बताएका छ्न । उनले १ लाख २ हजार २ सय २२ रुपैयाँ खातामा जम्मा गरेको बताए ।
देशमा विदेशी संस्कृति भित्रिएको भन्दै उनले विदेशीभन्दा आफ्नै मौलिक संस्कृति अनुसार अघि बढ्नुपर्ने बताए । ‘अहिले हामी विदेशी संस्कार अनुसार जन्मदिनमा केक काट्छौं, भोज खुवाउँछौं,’ उनले भने, ‘अब हामीले मौलिक संस्कृतिको जगेर्ना गर्नु आवश्यक छ । मैले त्यही प्रयत्न स्वरुप जन्मदिनको अवसरमा यो काम गरेको हुँ ।’
धुर्मुस सुन्तली फाउण्डेसनले आफ्नो फेसबुक मार्फत जन्मदिनको अवसरमा उक्त रकम सहयोग गरेर निमार्णको अभियानमा जोडिएकोमा अध्यक्ष विष्टलाई बधाई सहित शुभकामना दिएको छ ।