
मदरसा मदिना माद्यामिक बिद्यालय बीरेन्द्रनगर – १० बेलघारी सुर्खेतको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा युवा समाजसेवी सज्जत खान चयन भएका छन् । ७ सदस्यीय कार्यसमितिको सदस्यमा हजरत बक्स, खैरुन निशा , महोमद नैइम ,सकिला बिबि ,सकुरन बिबि रहेका छ्न भने सदस्य सचिवमा प्राधानाध्यापक शुशिला शर्मा रहेकि छन् ।
अध्यक्षमा चयन भए पछि खानले धन्यबाद ब्यक्त गर्दै बिद्यालय र समुदायको बिकासका लागि सबैसंग हातेमालो गर्दै अहोरात्र खट्ने र बिद्यालयलाई जिल्लाकै नमुना बनाउन उदाहरणीय काम गर्ने लक्ष्य रहेको बताए । उनले मुस्लिम समुदाय शिक्षामा पछाडि परिरहेको अबस्थालाई द्यान दिदै प्रभावकारी शिक्षामा जोड दिने बताए । उनले सामुदायीक विद्यालयको स्तर खस्कदै जानु र बिद्यार्थी अनियमितता समेत बढ्दै जानुमा शिक्षक, अभिभावक र सरकारी निकाय सबै समान रुपमा जिम्मेवार रहेकोले सबैले आ–आफ्नो दायीत्व पुरा गर्नुपर्ने बताउदै आफू सदैब बिद्यालय सुधारमा कटिबद्ध भएर लाग्ने बताए ।