
सौन्दर्य प्रतियोगिता मिस र मिसेस ब्युटिफुल नेपाल ‘२०२०’ को फाईनलमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै सुर्खेतकी यशोदा खत्री छनोट भएकी छिन ।
विभिन्न अडिसन पार गर्दै फाईनलमा पुगेकी खत्रीले मिसेस ब्युटिफुल नेपाल ‘२०२०’को उपाधी नजिक रहेकाले सबैको साथ समर्थनको अपेक्षा गरेकी छिन । उपाधीका लागि आफुले धेरै मेहनत गरेकोले यो पटक मिसेस ब्युटिफुल नेपाल ‘२०२०’को उपाधी कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै आफुले पाउने दाबी गरिन । उपाधी पाउनका लागि आफुले निकै मेहनत गरिरहेकोले सबैलाई भोट गरि जिताउन सबैले सहयोग गर्नुहोला ।’ उनले भनिन् ।

‘सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, आत्मविश्वास अभिवृद्धि, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास प्रशिक्षणलगायतका अन्य विभिन्न विषयमा सहभागी हुँदै फाईनलको तयारीमा रहेको बताईन । मिसेस एण्ड मिस ब्युटिफुल घोषणा राजधानीमा भव्य कार्यक्रमको आयोजना गरी फागुन २ गते गरिदै छ ।