सुर्खेत- कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा कर्णाली प्रदेशस्तरीय क्यान इन्फोटेक यहि फागुन २८ गते देखि चैत २ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने भएको छ ।
कर्णाली प्रदेश सरकारले प्रबिधी मैत्री प्रदेश बनाउन लक्ष्य लिए अनुसार सरकारलाई आम नागरिकलाई प्रबिधी सम्बन्धी जानकारी लिनुका साथै सेवा सुविधाको लागि महोत्सवको आयोजना गरिएको हो । इन्फोटेकमा कर्णाली प्रदेशका स्थानिय विद्यार्थिले निर्माण गरेका ईलोक्टोनिक वस्तुहरुलाई बिशेष प्राथमिकता दिने भएको क्यान ईन्फोटेकका संयोजक तिलक प्रसाद आचार्यले बताउनु भएको छ । महोत्सवमा झण्डै ४० हजार भन्दा धेरै ग्राहकहरु भित्रिने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । कर्णाली प्रदेशमा रहेका स्थानिय विद्यार्थिहरुले निर्माण गरेका ईलेक्ट्रोनिक्स वस्तुहरुलाई प्राथमिकताका साथ प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समयमा नेपाल मै बनेका रोबोटहरु प्रदर्शनमा राखिने उहाँले बताउनु भएको छ । कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारलाई प्रविधिसंग जोड्नुका साथै स्थानीय मुख्य पर्यटकिय आकर्षण क्षेत्रको हिसावले धार्मिक तथा ऐतिहासिक रुपमा राष्ट्रिय सम्पदाहरुलाई आकर्षण गरेर पर्यटन प्रबर्धनमा टेवा पुर्याउने लक्ष्य आयोजकले राखेको छ ।