गोविन्द नाथ योगी, सुर्खेत

कोरोना भाइरस (COVID-19)को संक्रमणका कारण बिश्वब्यापी महामारीको अवस्थामा छ।नेपाल समेत हाल लकडाउनको अवस्था छ।संक्रमित संख्या ६ बाट ९ पुगे संगै नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ। त्यसैगरी लकडाउनको समय समेत चरणबद्ध वृद्धि गर्दै २०७७ बैशाख ३ सम्म पुर्याइएको छ। संसारमा डढेलो फैलिएझै फैलिएको कोरोना महामारी नियन्त्रणको अर्को कुनै भरपर्दो उपाय फेला नपरेको अवस्थामा लकडाउन नै एक मात्र नियन्त्रणको उपाय हो।
भारतीय तरकारीमा कोरोना नभएको प्रमाणित छ?संकटको बेलामा समेत नेपाली जनताको हितमा काम नगरे नेपाली कृषक र आम नेपाली जनताले के नेपाल सरकार भारतीय एकाधिकार पुँजीको चंगुलमा उम्कनै नसक्नेगरि फसेको हो ?
कर्णाली प्रदेशको राजधानी सुर्खेत कोरोना संक्रमणको उच्च जोखिममा छ।एकातर्फ भारतबाट लुकिछिपी आउनेबाट खतरा छ भने अर्कोतर्फ खुलेआम भारत बाट दैनिक तरकारी ढुवानीको क्रममा आइरहेका चालक र सह चालक तथा सहज अवस्थामा जस्तै सयौंको भिडभाड मानौ कोरोना भाइरस बारे उनिहरुलाई कुनै जानकारी छैन ।त्यहाँ राज्य संयन्त्र ,जनप्रतिनिधिहरु,बौद्धिक समुदाय कसैको नजर पुगेको छैन।१ /२ हप्ता भारतीय तरकारी नखाई कोहि मर्ने थिएन संक्रमण बाट बच्नु बचाउनु महत्त्वपूर्ण कुरा हो । रहयो तरकारीको कुरा मलाई सुचना भए सम्म सुर्खेतको पश्चिममा,दैलेखको गुराँस गाउँपालिका,पुर्वी सुर्खेत ,सल्यान ,दाङ ,चितवन र धादिङ लगायतका धेरै ठाउँका कृषकहरुले तरकारी बिक्री नहुदा खेतबारीमा अलपत्र भएको समाचार बारम्बार आइरहेका छन।के नेपाली कृषकहरुको उत्पादनमा कोरोना भाइरस छ?र भारतीय तरकारीमा कोरोना नभएको प्रमाणित छ? किसानहरु रोइकराई गर्दा किन आवाज सुनिदैन ? के यहाँ बिपदको बेला सरकार छैन ?कहाँ गए कृषि मन्त्री ?भारतीय तरकारीहरुको गाडी आउन बन्द गरि नेपाली कृषकको उत्पादन प्रचलित मुल्यमा बिक्रीवितरणको व्यवस्था गर्दा नेपाली कृषकको उत्पादन बिक्री पनि हुने र भाइरस संक्रमणको पनि खतरा नहुने । यो संकटको बेलामा समेत नेपाली जनताको हितमा काम नगरे नेपाली कृषक र आम नेपाली जनताले के नेपाल सरकार भारतीय एकाधिकार पुँजीको चंगुलमा उम्कनै नसक्नेगरि फसेको हो ? हरेक बिपत्तिको समयमा नेपाली जनता पीडित छन् । यसपटक पनि व्यवहारले पुष्टि गर्दै छ।
कुरा त्यति मात्र होइन,यसो भएको छ। सर्वसाधारणलाई लकडाउन ठुलाबडा बाट उलंघन :- मिति २०७६ चैत्र १७ गते प्रदेश सरकारका कानुन मन्त्री नरेश भण्डारीले स्वास्थ्यकर्मीहरुको सल्लाह बिना ३ वटा बसमा ठेलमठेल यात्रु कर्णाली तर्फ पठाएको समाचार सार्वजनिक भयो ।मिति २०७६ चैत्र २४ गते मुगु बाट प्रतिनिधित्व गर्ने कर्णाली परदेश सांसद दानसिंङ परियारले राज्यको श्रोत साधन दुरुपयोग गरेर बाँकेको अगैयाबाट आफ्नी श्रीमतीलाई सुर्खेत ल्याएको बिषयमा प्रतिक्रिया लिन खोज्दा सांसद परियारले नागरिक दैनिकका कर्णाली प्रदेश प्रमुख नगेन्द्र उपाध्यायलाई अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेको प्रति नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले उक्त घटना प्रति खेद प्रकट गर्यो।
लकडाउन भएसंगै गरीब मजदुरहरुको साँझबिहानको छाक कसरी टार्ने भन्ने चिन्ता संगै भोक भोकै बस्नुपर्ने बाध्यता छ। सरकारले बितरण गर्ने भनिएको राहत समेत कोठा भाडामा बस्ने मजदुरहरुले पाएको अवस्था छैन ।राहतको नाउमा केही समुदायमा बितरण गरेर फोटो खिच्ने र समाचार व्यापक बनाउने गतिलो तरिकाको उपयोग गरेको व्यापक जनताको गुनासो छ। कतिपय अप्ठ्यारोमा परेका मजदुरहरु स्थानीय सरकारले खाद्यवस्तु राहत दिने खबर पाई नाम टिपाउन जादा बसाई सराईको प्रमाणपत्र मागेको हुदा रित्तै हात फर्कनुपरेको गुनासो छ।पीडित मजदुरहरु भन्छन् “अकस्मात् २०७६ चैत्र ११ गते देखी लकडाउन भयो पहिलो ७ दिन र चरणबद्ध थप हुदै २०७७ बैशाख ३ गतेसम्मको लामो समय सम्म घरमा जानपनि नपाउने र समान्य राहत पाउन बसोबासको प्रमाणपत्र पेस गर्नुपर्ने भनेपछि कोरोना भन्दा पनि भोक भोकै मर्नुपर्ने अवस्था भयो” पीडितहरुको गुनासो छ।