मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिबार बीरेन्द्रनगर नगरपालिका बडा न ५ मा रहेका करिब एक सय बिपन्न घरपरिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
बैंकले बीरेन्द्रनगर नगरपालिका वडा न ५ को सहकार्यमा एकसय घरपरिवारहरुका लागि चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहहरु वडा अध्यक्ष राजबहादुर गुरुङ लाई हस्तान्तरण गरेको छ ।
हाल नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई बैंकले सहयोग गर्दै आईरहेको छ ।
शनिबार बीरेन्द्रनगर वडा न ५ कार्यालयको समन्वयमा ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि बिपन्न परिवारलाई राहत मिल्ने बैंक मेनेजर खगेन्द्र मल्लले बताए । उनले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले विभिन्न सहयोग कार्यक्रम गरिरहेको बताए ।