
.लोकेन्द्र वलि
आज नेपालमा लकडाउन (बन्दाबन्दी) को २६ औं दिन हो, कोरोना महामारीले यतिवेला एक गम्भीर पाठ सिकाएको छ, कोरोना भाइरसको महाभारीले गर्दा यतिबेला विश्व नै त्रसित छ । ‘मै सर्वथोक हूँ र म वाहेक कोहि छैन’ भन्ने विकसित देशहरू पनि अहिले कोरोना भाईरसबाट आक्रान्त छन् । त्यसैले भन्छन्, ‘दैवको खेल, दैवलाई नै थाहा हुन्छ ।’ चीनको वुहान शहरबाट सुरू भएको अजब–गजब प्रकारको यो कोरोना महामारी कहाँबाट आयो, कसरी आयो कसैलाई थाहा छैन । प्रकृतिको अभिशाप हो अथवा मानवको आनी-वानीवाट सिर्जित उपज हो यो थाहा छैन, तर विश्वका धेरै देश यतिबेला लकडाउनको स्थितिमा छन् आम -नागरिकहरू भने अलपत्र परेका छन् । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा:- २१, २१, ६७५ जना संक्रमित, निको भएका :- ५७९,२१२ जना र मृत्यु:- १४२२९९ जनाको मृत्यु भएको छ, विश्वमा अहिलेसम्म मानव जगतले नभोगेको, नदेखेको र नसुनेको महामारी हो, यसले वालक देखि वृद्धसम्म सबैलाई भयभित बनाईरहेको अवस्था छ । अहिले यो संक्रमणको कारण विश्वभरी लागेको लकडाउनले यतिवेला धर्तीलाई ठुलो राहत पुगेको छ । यहाँका अनेकौँ जीवजन्तुले सफा हावाको सास फेर्न पाइरहेका छन्, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूवाट उल्लेख भए अनुसार करिब ७५ वर्षपछि पृथ्वीमा सफा वायु भएको कुरा पुस्टी गरेको छ, यस भन्दा पहिले दोस्रो विश्व युद्धताका पृथ्वीको हावा सफा थियो रे । हाल सबै देशको स्वास्थ्य प्रणाली, स्वास्थ्यकर्मीको संख्या, अस्पतालको क्षमता, आइसीयू र भेन्टिलेटरको संख्या निकै कम छ, यस्वाट नेपाल पनि सोही अवस्थावाट नै आक्रान्त छ, कोरोना संक्रमण सामुदायिक रूपमा फैलिएको खण्डमा यदि हामी अस्पताल बस्नुप-यो भने त्यो बिकराल अवस्था हुनेछ । विकसित देशमा त त्यो हालत छ भने हाम्रो देशमा कोरोना संक्रमण फैलियो भने अकल्पनीय हुन्छ । त्यसैले यदि सरकारले लकडाउन बढाउने निर्णय गर्छ भने हामीले त्यसको स्वागत गर्नुपर्छ किनकी पैसाभन्दा बढ़ी महत्वपूर्ण छ हाम्रो जीवन, आफ़ंत, साथी-भाई, माया-ममता, खुशी, आशा र समय, तर हाम्रो हातमा अस्पताल बस्नुको उपाय छ, त्यो एक मात्र उपाय भनेको एक छाक खाएर भएपनि घरभित्र बस्ने उत्तम उपाय हो।
कोरोना भाइरसको सङ्क्रमणले विश्वव्यापी महामारीको रुप लिए पनि सबै देश भने समान रुपले पीडित छैनन् । चीन सङ्क्रमणसग लडाइँको अन्तिम अवस्थामा पुगेको छ । दक्षिण कोरिया केही हदमा तङ्ग्रि सकेको छ । उत्तर कोरियाले आफ्नोमा सङ्क्रमण शून्य रहेको घोषणा गरेको छ भने अमेरिका र युरोपले महामारीसँग भयाभयको रूपमा लडिरहेका छन् । यो जताबाट जसरी आए पनि यसले विश्वलाई एउटा सन्देश त दिएकै हो, ‘ठूलो सानो भन्ने केही हूँदो रहेनछ ।’ ठूला भन्नेहरू यति सानाबाट पनि भयभित हुने रहेछन् कि सानो भन्ने यति ठूलो रहेछ कि जसले नदेखिएरै पूरा विश्वलाईनै थरकमान वनाई राखेको छ । अहिले यो समय मानवजातिलाई बचाउने बारेमा सोच्ने समय हो, गरीब र असहायको सहायता गर्ने तर चाहे त्यो कुनै जाति, धर्म, वर्ग- समूह र देशको किन नहोस् , सिंगो मानव जातिको सेवा गर्नु भनेको ईश्वर/परमेस्वरको पूजा र प्रार्थना गरेझैं हो । अहिलेको समय भनेको नजानेका र नबुझेका जनताहरूलाई लकडाउनको महत्व बुझाएर सभ्यताको परिचय दिने समय हो । लकडाउनको कड़ाईका साथ पालना गर्यौं भने हामीले यो अदृश्य भाईरसलाई पराजीत गराउन सक्छौं , ताकि यो उपाय मात्र सत्य हो र यस बाहेक हामीहरूसँग अरु कुनै उपाय नै छैन । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार ८०१७ जनाको ७७ जिल्लामा परिक्षण गरिएको छ । ७९८७ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ, ११७ जना आइसोलेसनमा रहेको जनाइएको छ, भने ३० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ, २ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन । यो अवस्थालाई विश्लेषण गर्दा नेपाल सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । प्रकोप अब दिन प्रति दिन बढ़न सकने आँकलन गरिएको छ, नेपाल अहिले ‘लकडाउन’मा छ र यो अझै केही दिन लम्बिने सम्भावना छ । नेपाल र नेपालजस्तै विकासोन्मुख देशका लागि यसको रोकथाम विधि नै जोखिम न्यूनीकरण गर्ने मुख्य अस्त्र हो । कोरोना सङ्क्रमणले विश्व र नेपालका विभिन्न क्षेत्रमा ठूलाठूला चुनौती थपिदै जानेछन् र कतिसम्म क्षति गर्छ त्यो समयले बताउने छ । नागरिकले पनि सच्चा राष्ट्र भक्तिको भावना देखाउनु पर्छ, किनकी राज्यलाई संकट पर्दा नागरिकको अहम भूमिका हुन्छ । लकडाउनको कार्यान्वयनमा प्रहरी लगाएर होइन ढोकामा राहत पु-याएर गर्नुपर्छ । मान्छे बाहिर निस्किने कारणहरूमध्ये सुरक्षित स्थानको खोजी, प्रवासवाट आफ़नो घर फ़र्क़ने, खानेकुरा लिन र खानको लागि अर्को स्थानमा जान हो । यी सुविधाहरू राज्यले दिएपछि लकडाउनको पूर्ण पालना हुन्छ र कोरोना नियन्त्रण हुन सहज हुन सक्छ । यस्तो बेला राज्यले नागरिकको बाँच्न पाउने अधिकारको सुरक्षा गर्नुपर्छ । सरकारले कोरोनाको संकट मात्र होइन बाल तथा मातृ मृत्युदर समेत कम गर्नेतर्फ ध्यान दिनु पर्छ र योजना बनाउन लापरवाही गर्नु हुँदैन । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेजले पनि २ वैशाख, २०७७ मा ट्वीटमार्फत कोरोना नियन्त्रणको लागि सहकार्य र प्रभावकारी नीतिमा जोड दिएका छन् । त्यसकारण एक मात्र पनि त्रुटि भएमा त्यसको मूल्य नेपाल जस्तो प्रतिकूल व्यापार सन्तुलन भएको देशका निमित थप चुनौतीको रूपमा खडा हुन सक्छ । अतः राज्य तथा राज्यका सयंत्रका सबै पक्षले तीव्र गतिमा सुक्ष्म विश्लेषण गर्दै उचित निर्णय लिने र कम्तीमा संकट समाधानको लागि योजना अनुसार काम गर्नुपर्छ । यसले सरकारको पहल शक्ति र निर्णय गर्ने दायरालाई विशिष्ट बनाउन सघाउ पुग्छ । नागरिकलाई हात मिची-मिची धोऔं र घरै भित्र बसौ भन्ने मन्त्र मात्र पर्याप्त छैन । त्यसैले घरमा बस्दा चाहिने अत्यावश्यक कुराहरूको आपूर्ति टोल विकास संस्थाहरू मार्फत घर–घरमा हुनुपर्छ । जनजीवन सामान्य नहुञ्जेलसम्म सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन किसिमका संकट समाधानका योजना बनाइ तुरुन्तै लागू गर्नु अत्यन्त आवश्यक छ । कोरोनाको महामारीबाट बच्न खोप तथा औषधिको विकास भई सकेको छैन, तसर्थ प्रभावकारी व्यवस्थापन र नियन्त्रणका उपाय अवलम्बन गर्ने र हरेक कुराको कम्तीमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइ कार्यान्वयन गर्न प्रभावकारी सञ्चार समन्वय गर्न सक्नु नै कोरोना भाइरसवाट उन्मूलनको लागी सही हुन सकछ, तर कोरोना भाइरसवाट जसरी सुरक्षाविद्, चिकित्सक, र वैज्ञानिकहरुका लागि मुख्य चुनौतीहरूको ससकत सामना गरनू परेको छ र केही अवसरहरू समेत रहेका छन् ।यी सामाजिक परिवर्तन र सुधारको लागि समग्रतामा कोरोनाले केही सकारात्मक अवसर पनि ल्याएको छ । यस्तो बेलामा नेपाल जस्तो गरिब मुलुकले भएका उपलब्ध सिमित श्रोत साधनको सचेततापूर्ण सोचका साथ परिचालन गर्ने योजना बनाउन अति आवश्यक हुन्छ । दीगो विकासका सन्दर्भमा कुरा गर्दा नगरिकलाई “माछा दिने होइन, माछा मार्न सिप सिकाउने” । प्रचलित उक्ति छ, “हुलहालमा जिउ जोगाउनु र अनिकालमा विउ जोगाउनु “ हो, यसै गरी हामीले अहिले जिउ र विउ जोगाउन तौर तरीका अपनाउनु पर्छ । नेपालको अर्थतन्त्र उती वलियो त छैन, तथापि पैसा/बजेट नै सवथोक भने होइन, मुख्य कुरा हो नीति । यति वेला सरकारले अँगाल्ने मौद्रिक नीति लगानीमैत्री बनाएर लगानीकर्तालाई सहज र सस्तो ब्याज दरमा ऋण पाउने व्यवस्था गर्ने तयारी गरिनु पर्दछ । उपभोक्ताको खर्च बढाउने लक्षय सहितको नीति बनाइनु हुँदैन अति आवश्यक खाद्य सामग्री, औषधी, दैनिक उपभोगका लागी नभई नहुने सामानको आपूर्ति विपन्न र संकटमा परेकालाई सहजै प्राप्त हुने व्यवस्था मिलाउनु पर्दछ । अबको सम्भावित संकट भनेको खाद्य सामग्रीको अभाव हो । आफ्नो देशको उत्पादनले आफ्नै मुलुकमा नपुग्ने भएपछि बाहिरी मुलुकले पनि निश्चय पनि निकासी गर्ने सम्भावना कम देखिन्छ ।त्यसैले यसको समाधानको लागि कृषिमा प्राथमिकीकरण गरि उत्पादनमा सुधार गर्न आवश्यक छ । यस्का लागी अन्न बालीमा नै जोड वल गरने हो । बाँच्नलाई मुख्य गरी खानाको रुपमा दैनिक खाइने गहुँ, मकै, धान, कोदो, जौ, आलु जस्ता अन्न बाली नै चाहिन्छ । यसमा प्राथमिकताका साथ सरकारले उत्पादनका लागि बिउ, मल, यन्त्र, जनशक्ति र प्रविधि उपलब्ध गराउने नीति पर्छ । कोरोना भाईरस जताबाट जसरी आए पनि मानव जगतलाई मूल सन्देश दिएको छ, “शक्ति सम्पन्न र शक्ति विहीन” भन्ने केही र कोहि नहूँदो रहेछ । “शक्ति सम्पन्न भन्नेहरू पनि यति सानाबाट पनि डराउँदा रहेछन् कि जो देखिदै देखिदैन र सानो भन्ने यति ठूलो रहेछ कि जसले नदेखिएर नै पूरा संसार तथा मानव जगतलाई नै शसंकीत र त्रशित बनादिएको छ । अहिलेको समय भनेको मानवजातिलाई बचाऊनको सोच्ने हो। यति वेला अशक्त, असहाय र गरीबको सहायता गर्ने समय हो। कुनै वर्ग, समूह, लिंग, जात-जाति, धर्म, संस्कृती, सम्प्रदाय, समूह वा देशको किन नहोस् । मानव जातिको सेवा गर्नु भनेको भगवान/ईश्वर/परमेश्वरको पूजा र प्रार्थना गरेझैं हो ।समग्र नागरिकहरूलाई लकडाउनको महत्व दर्शाउने समय हो । लकडाउनको कड़ाईका साथ पालना गर्यौं भने हामीले कोरोना भाईरसलाई हराउन सक्छौं । यो सत्य हो र यस बाहेक हामीहरूसँग अरु कुनै उपाय नै छैन।
कोरोना भाइरसले समाजमा ल्याएका केही अवसरहरु: –
–साधन-स्रोत र आवश्यकताको पहिचान:-
विकासोन्मुख देशहरू उपभोक्तावादी समाज निर्माणमा अग्रसर छन, उपभोक्तावादी समाजमा साधन-स्रोतको अधिक र अनावश्यक प्रयोग भइरहेको हुन्छ । कोरोना सङ्क्रमणसँगै भएको ‘लकडाउन’ले सबैलाई सीमित स्रोत साधानमा जीविकोपार्जन गर्न बाध्यता पारेको छ । यो बाध्यताले हामीलाई सरल जीवन बाँच्न वास्तविक आवश्यकताहरु के के हुन् ? यी आवश्यकतासँग सम्बन्धित स्रोत के-के हुन र सीमित स्रोतले जीवन कसरी सरल बन्दोरहेछ भन्ने पाठ सिक्ने र सिकाउने अवसर दिएको छ, केही साधन-स्रोत आफ्नै भएर पनि पहिचान नभएका र आफैँले केही स्रोत कसरी सिर्जना गर्न सकिन्छ भन्ने ज्ञान आर्जन गर्ने अवसर पनि प्रदान गरेको छ ।
–अनौपचारिक शिक्षाको समय :-
औपचारिक शिक्षासँग अनौपचारिक शिक्षाको तुलना नहुन सक्छ । अहिले अभिभावक, शैक्षिक संस्था र विश्वविद्यालयले औपचारिक कक्षा अनलाइनमार्फत् सञ्चालन गर्ने तयारी गर्दैछन् र केहीले गरिसके । तर विश्वव्यापी महामारीमा हामीजस्तो न्यून प्रभावित तथा सामूहिक र सांस्कृतिक भावनाले जोडिएको देशमा औपचारिक शिक्षा गराइहाल्नु पर्छ भन्ने कुरा उचित होइन । यो अवस्थामा हरेक व्यक्तिमा अब के हुन्छ भन्ने डर हुन्छ । त्यसैले यस्तो मनोवैज्ञानिक अवस्थाको कारणले गर्दा यो औपचारिक शिक्षा दिने र लिने समय होइन । दिने त तयार होला तर लिने मानिसमा लिन सक्ने मनोविज्ञान तयार भइसकेको हुँदैन । त्यसैले यो समयमा अनौपचारिक शिक्षा एकदमै फलदायी हुन्छ । विशेषगरी जीवन उपयोगी सीपहरु र आफ्नो चासो वा इच्छाअनुसारका सिपहरु सिक्ने यो एकदमै राम्रो अवसर जूरेको छ। औपचारिक शिक्षाबाट लिन नसकिएका धेरै ज्ञान अनौपचारिक शिक्षा प्रणालीबाट पनि प्राप्त गर्न सकिन्छ ।
-ज्ञान, सीप र प्रविधिको हस्तान्तरण ;-
यस्तो खाली समय एकाध पटक आउने हो एक सतावदिको अन्तरालमा। नेपालका हरेक समुदायका आ-आफ्नै ससकृति, परम्परागत र धार्मिक मूल्य-मान्यता, ज्ञान, सीप र कला छन् । समय अभावको बहानाले होस्, विश्वव्यापीकरणको नाममा होस्, आधुनिकीकरणको नाममा होस् या औपचारिक शिक्षा मात्रको महत्त्वको नाममा होस अघिल्लो पुस्ताले आफूसँग भएका ती सीप र कला नयाँ पुस्तालाई सिकाएन वा सिक्न चाहेन । तर यो शून्य समय ती जीवन उपयोगी कला र सीप हस्तान्तरण गर्ने र गराउने अवसर लिएर आएको छ ।
-अनुभूतिको अवसर :-
हामीले विभिन्न कारणले घरभित्रका सदस्यको भूमिका बुझ्न सकिरहेका हुँदैनौं या बुझाउन चाहेका हुँदैनौं । त्यसैले यो समय भूमिका अनुभूति गर्ने र गराउने स्वर्णिम अवसर हो । ‘लकडाउन’मा घरमा सँगै बसेका सदस्यहरुको हरेक दिन भूमिका फेरिदिने र हरेक साँझ त्यसको बारेमा मूल्याङ्कन र अनुभव साटासाट गर्न लगाउनुपर्छ । यसले एकअर्काको भूमिका अनुभूति गराउँछ र हरेकको भूमिकाप्रति सम्मान उजागर गर्दछ । यसले परिवारका सदस्यहरुबीचको सम्बन्ध दीर्घकालीन पनि बनाउन मद्दत गर्दछ । यसरी भोलि आउन सक्ने र निभाउनुपर्ने भूमिकाबारे नयाँ पुस्ता अभ्यस्त हुन्छ र उनीहरुको जीवन सहज हुन सक्छ । नयाँ पुस्ताले केही अति आवश्यक सीप घरायसि काम, घर सञ्चालनको लागि बजेट बनाउने काम, सरसफाई गर्ने काम र महत्त्वसहित बुझ्ने अवसर प्राप्त गर्दछ ।
-जटिलबाट सरलतातर्फ;-
जन्मेदेखि नै मानव जीवन जटिल नभई, सरल एवम सहज छ । तर अनावश्यक प्रतिस्पर्धा, रिस, डाह, क्रोध, भ्रम, उत्तेजना र लोभजस्ता कुरा सिर्जित गराएर मानिसले यसलाई जटिल बनाउँदै लगेको छ । अहिले यी सबै कुराबाट मानव जीवनलाई केही पर राखेर मानिसलाई फेरि सरलतातर्फ फरकाउन कोरोना महामारी र ‘लकडाउन’ले अवसर प्रदान गरेको छ तर अनावश्यक सम्बन्ध र सामाजिक हेलमेल तथा अनावश्यक भौतिक र शारीरिक आवश्यकताले सिर्जित जटिलताबाट जीवनलाई सरलतातर्फ लग्न ‘लकडाउन’ले सहज अवसर प्रदान गरेको छ ।
–प्रकृतिसँग पुनः मिलन:-
पछिल्लो एक शताब्दीमा मानिसले प्रकृतिलाई असाध्यै धेरै दुरुपयोग गर्यो । प्रकृतिले अति सह्यो र मानव जातिलाई लाभ प्रदान गरिरह्यो । अहिले जब पुरै विश्व ‘लकडाउन’मा छ । यसले प्रकृतिलाई मौलिक स्वरुपमा फर्किन मद्दत गरेको छ । हाम्रा सहरहरु सुन्दर, सफा र स्वच्छ भएका छन् । विश्वका चर्चित सहरहरूमा जङ्गली जनावर, सडक र नदी किनारमा देखिएका अभुतपूर्व दृश्यहरुले प्रकृति र मानवबीचको महत्त्व र सम्बन्धबारे ठूलो पाठ सिक्ने अवसर प्रदान गरेको छ । कसरी प्रकृतिको न्यून प्रयोग गरेर उच्च फाइदा लिन सक्ने भनेर आउँदो पुस्तालाई सिकाउने अवसर यो समयले हामीलाई प्रदान गरेको छ । हामीलाई प्रकृतिसँग प्रेम सम्बन्ध पुनः मिलन गरने गराउने स्वर्णिम अवसर प्रदान गरेको छ ।
–सक्रियता तर्फ उन्मुख :-
विशेष गरि प्रकृतिमा मानिस भर पर्ने नै कुरा हो, तर यथार्थमा समयको अभाव वा सिक्ने अवसरको अभावमा मानिस प्रतिक्रियावादी बन्छ, तर यो समयले हामीलाई उदार रूपमा सक्रिय बन्ने अवसर दिएको छ । कुनै कुरा हतारमा गरिहाल्नुपर्ने, बोलिहाल्नुपर्ने वा केही कुराको बारेमा यथाशीघ्र निर्णय लिइहाल्नु पर्नेसमय यो होइन । तसर्थ प्रयाप्त समय लिएर हरेक कुरामा सक्रिय श्रवण र मनन क्षमता बढाएर सिर्जनशील, तथ्यपरक र तार्किक बहस गर्न सक्ने र सिक्ने अवसर लम्बिएको ‘लकडाउन’ले दिएको छ ।
–सामाजिक दूरी घटाउँ :-
विश्व स्वास्थ्य सङ्गठनसहित संसारका देशहरुले कोरोनासँग लड्न अपनाएको शुस्त्र हो – तर सामाजिक दूरी भने बढाउँ । कोरोनाबाट कम प्रभावित देश भएपनि नेपालले पनि यो नारालाई अङ्गालेको छ । तर सामाजिक दूरीले भावनात्मक सामाजिक नेतृत्व, सम्बन्ध र उत्तरदायित्व संगसगै मानवीय अनुभूतिलाई नकारात्मक असर गर्ने हुदाँ सामाजिक दूरीलाई घटाएर शारीरिक दूरी बढाउनुपर्छ । ‘लकडाउन’ले सामाजिक दूरी घटाउने र सम्बन्धहरु पुनः जोड्ने अवसर प्रदान गरेको छ । यससँगै हामीलाई सामाजिक सहिष्णुता, एकता र सहयोगको भावना, सामूहिक पहल, विभेदको अन्त्य र सामाजिक सम्मानको भाव सिर्जना गर्ने अवसर समेत प्रदान गरेको छ ।
समस्त आमा-बुवा, दाजु-भाई, दीदी-बहिनीहरूमा लकडाउनको कड़ाईका साथ पालना गरी साबुन पानिले मिची-मिची हात धुनुहोस, पटक-पटक तातो पानी पिउँदै रहनुहोस् र मनोबल तथा मनस्थितिलाई वलियो बनाउनुहोस्, घरमै बस्नुहोस्, सुरक्षित रहनुहोस् र आम नागरिक सबैलाई पनि यही सुझाव र सन्देश दिनुहोस् ।
(लेखक:- चिंगाड गाऊँपालिका – ६, भोर्जनी, सुर्खेत स्थायी ठेगाना भई बबई बहुमुखी क्याम्पस गूलरिया बर्दियामा अध्यापनरत छन् ।)