नेपाल विद्यार्थी संघ मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले स्थनिय स्तरमा नै सेनिटाईजर उत्पादन गरेर वीरेन्द्रनगरका विभिन्न क्वारेन्टिनमा बसेका नागरिकहरुलाई वितरण गरेको छ ।
स्ववियु परिषद कर्णाली प्रदेशका संयोजक रोशन बस्नेतको नेतृत्वमा फार्मासिस्ट दिपेन कोइराला , विवेक खड्का , सविन शर्मा , राकेश यादव , रामचन्द्र भण्डारी र शिवराज शर्माको लगायतको टाेलीले सेनिटाइजर उत्पादन गरी वितरण गरेको हो ।

झण्डै ३ दिन लगाएर उत्पादन गरिएको सेनिटाइनर बिहीबार नगरपालिका संगको सहकार्यमा क्वारेन्टिन स्थलमै पुगेर वितरण गरिएको हो । संघले मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस, विज्ञान संकाय तथा अन्य विद्यालयहरु शिव माध्यामिक विद्यालय, जन नमुना उच्च मावी, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, सुर्खेत क्याम्पस शिक्षा मैत्री भवनमा बसेकाहरुलाई वितरण गरिएको हो ।

यस्तै त्रिपुरेश्वर मावि ढोडेखाली, बालमन्द्रिर आधारभूत विद्यालयमा बसेकाहरुलाई मानिसहरुलाई त्यहाँ खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारी मार्फत सेनिटाइजर वितरण गरिएको स्ववियु परिषद कर्णाली प्रदेशका संयोजक रोशन बस्नेतले जानकारी दिए ।