सन्चारकर्मि खनालको राष्ट्रिय गित `नबिर्साै वीरताकाे गाथा´ सार्वजनिक
सन्चारकर्मि चुरामणि खनालको राष्ट्रिय गित “नबिर्साै वीरताकाे गाथा” सार्वजनिक भएको छ ।
सन्चारकर्मी चुरामणि खनालको शब्द संगित र खनालकै आवाज साथै मनिका विश्वकर्माको आवाजमा तयार भएको नबिर्षौ विरताको गाथा राष्ट्रिय गित मंगलबार बुढा सुब्बा कम्पनि मार्फत सार्वजनिक भएको हो । गित मा बिशाल नेपाल र नेपाली विरले देखाएको विरतामा सिमा मिचिदा चुप बस्न नहुने, हामी नेपाली परि आए आफ्नो बलिदान दिन तयार छौ, पृथ्वीले अर्जेको मुलुकमा हामी विर गोर्खालीका सन्तान स्विभिमानलाइ रोज्ने छौ र भारतमा गाभिएका भुमि फिर्ता गर्नुनै हाम्रो लागी स्वाभिमान हुनेछ भन्ने संदेश गितले दिएको छ । पुर्खाले अर्जेको मुलुक कहिले कसैको उपनिवेश र दलदलमा नफसेको र भारतले इतिहासदेखिनै नेपालका भुमिमा हस्तक्षेप गर्दै आएको हुँदा हेपाहा प्रवृत्तिमा चुप लागेर बस्न सक्ने अवस्था नरहेको र आफ्नो स्वाभिमानलाइ गुमाउन नहुने गितले सन्देश दिएको छ । बिशाल नेपालमा दार्जिलिङ सिक्किम कुमाउ गडवाल पनि हाम्रै थिए जाहाँ नेपालको क्षेत्रफल अहिलेको नेपालको दोब्बर भन्दा धेरै पूर्वमा टिष्टा देखि शतलज सम्मको बिशाल नेपाल भन्ने सन्देश पनि गितले दिएको छ । चुरामणि खनालले आफ्नो पहिलो गितनै राष्ट्रिय गित सार्वजनिक गरेका हुन।