राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै भोली मंसिर १८ गते (बिहिबार) सुर्खेतमा बृहत ¥यालीसहित प्रदर्सन हुने भएको छ । स्वतन्त्र नागरिक संघर्ष समितिले बृहत ¥यालीसहित प्रद्र्धशन गर्न लागेको हो ।
राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग राख्दै सुर्खेतको वीरेन्द्रनगरको कालिञ्चोकमा जम्मा भई ¥यालीसहित बजार परिक्रमा गरेर वीरेन्द्रचोकमा कोणसभा गरेर सम्पन्न हुने स्वतन्त्र नागरिक संघर्ष समितिका सदस्य प्रेम बिसीले जानकारी दिए ।
बृहत प्रद्र्धशनमा करिब पाँच हजार नागरिकको सहभागिता रहने, दुई हजार बाइक, पैतल मार्च गरेर बजार परिक्रमा गरिने स्वतन्त्र नागरिक संघर्ष समितिका सदस्य बिसीले बताए ।
यसभन्दा अगाडी बुटवल, विराटनगर, नेपालगंज, धनगढी, पोखरा, वीरगञ्ज, काठमाडौंमा राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै प्रद्र्धशन भइसकेका छन् । यता प्रदर्शन गर्न पाउने वा नपाउने अन्यौल रहेका बेला प्रशासनले भने प्रदर्शन गर्न पाउने संविधानमै व्यवस्था भएकाले कसैलाई रोक नगलाउने जानकारी दिएको छ । कोभिड–१९ को संक्रमण फैलिरहेको बेला स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर प्रदर्शन गर्न आग्रह गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । प्रदर्शको नेतृत्वकर्तालाई फोन गरेर सकेसम्म प्रदर्शन नगर्न र गर्नै परे सुरक्षा मापदण्ड अपनाएर प्रदर्शन गर्न अपिल गरिएको महतले जानकारी दिए ।