
सुर्खेतको वीरेन्द्रनगरमा सबै ब्राण्डका मोवाईल पाउने पसल सञ्चालनमा आएको छ । जिल्लाकै सबै भन्दा पुरानो मोवाइल पसल मिलिनियम मल्टि सिस्टमले नयाँ ब्यबस्थापनका साथ मल्टि ब्राण्डको स्वरुम सञ्चालनमा आएको हो । मंगलबार एक कार्यक्रमका वीच ग्राहकलाई सबै ब्राण्डका मोवाईलहरु एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याईएको प्रोपराईटर हरि विष्टले जानकारी दिए । उनले पहिलो पुस्तादेखि चौथो पुस्थासम्मका विभिन्न ब्राण्डका आकर्षक मोवाईलहरु सहुलियत मूल्यमै उपलब्ध रहेको बताए । मिलिनियमले पहिले कुनै एउटा ब्राण्डको मोवाईल मात्र विक्री गर्दे आएकोमा पछिल्लो समय ग्राहकको माग अनुसार मल्टि ब्राण्डमा जानु परेको उनको भनाइ थियो । विभिन्न ब्राण्डका मोवाईल विक्रीपछिको सेवालाई समेत ध्यानमा राख्दै मर्मतसँगै एसोसेरिजहरु पनि उपलब्ध हुने उनले बताए ।