कर्णाली प्रदेशको खेलकुद परिषदको उपाध्यक्षमा प्रमोद हमाललाई नियुक्त भएका छन । परिषदको सदस्य सचिवमा भने विश्वमित्र सन्ज्याललाई नियुक्त गरिएको छ । यस्तै, सदस्यहरुमा हुम्लाका टक्कबहादुर शाही,जुम्लाका सरोज शाही, सल्यानका भूमाकुमारी बुढाथोकी, जाजरकोटका मोहनराज घर्ती र दैलेखका हेमा खड्का छन् ।सामजिक विकास मन्त्रालयले गरेको प्रस्ताव मुख्यमन्त्री तथा मन्त्री परिषद्को बैठकले स्वीकृत गरेपछि परिषद् गठन गरिएको हो ।