
सुर्खेतको वीरेन्द्रनगर–६ बस्ने सौगात रावतको नाममा रहेको जग्गा अर्कै व्यक्तिको नाममा गर्ने काममा सहयोग गरेको आरोपमा मालपोत कार्यालय सुर्खेतका नायब सुब्बा विश्वरूप साँवद पक्राउ परेका छन ।
रावतको नाममा शंकरचोकमा रहेको ६ कठ्ठा जग्गामध्ये ४ कठ्ठा जग्गा कित्ताकाट गरी फरक-फरक व्यक्तिका नाममा विक्री भएको खुलेपछि मिलेमतो गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले सावदलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सन्तोष ठाकुर नामका व्यक्तिसँगको मिलेमतोमा उक्त काम गरिएको खुलेको भएपनी मुख्य अभियुक्त भनिएका ठाकुर भने पक्राउ परेका छैनन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतलले यसबारेमा थप अनुसनधान भइरहेको बताएको छ ।