म.प विश्वबिधालयका क्यामपस प्रमुखहरुले सामुहिक राजिनामा दिएका छन्। आज उपकुलपतीकाे कार्यालयमा बसेकाे बैठकमा विश्वबिधालयका उपकुलपती नन्द बहादुर सिहले क्याम्पस प्रमुखहरूलाई अभद्र ब्यबहार तथा गालीगलाैज गरेकाे र प्राज्ञिक थलोमा उपकुलपतिको व्यबहार आपत्तिजनक भएको भन्दै क्यामपस प्रमुखहरुले सामुहिक रुपमा राजिनामा दिएको बताइएको छ । बिगत १३ दिन देखी म.प विश्वबिधालयमा बिधार्थीहरु रिटेक परिक्षाकाे माग गर्दै आन्दाेलन गरिरहेको अबस्थामा विद्यार्थीहरुले गरेको आन्दोलन दबाउन भुमिका नखेलेको भन्दै अस्लिल गालिगलौज तथा अभद्र ब्यबहार गरिएकाे भन्दै राजिनामा बुझाएको अखिल क्रान्तिकारीका एक विद्यार्थी नेेेताले बताए । उनले राजिनामा दिनेमा MUSOM सकायका डाइरेक्टर, शिक्षा संकाय प्रमुख, School of Law का डाइरेक्टर , Central Campus of Engineering का क्यामपस प्रमुख, मानबिकी संकायका क्यामपस प्रमुख, व्यबस्थापन संकायका क्यामपस प्रमुख रहेका छन्। राजिनामाका बारे भोलिमात्रै सार्बजनिक गर्ने क्याम्पस प्रमुखहरुले बताएको विद्यार्थी नेताले जानकारी दिएका छ्न ।