सहज रुपमा खानेपानी आपूर्ति गर्न नसकिरहेको गुनासो आइरहेको बेला सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिका एकतिहाई सदस्यहरुले बिशेष साधारणसभा बोलाउन माग गरेका छन।
संस्थाका उपाध्यक्ष दिपे सार्की, सचिब चन्द्रबहादुर सुनार र कोषाध्यक्ष रामबहादुर गौतमले आज पत्रकार सम्मेलन गर्दै बिशेेेष साधारण सभा बोलाउन माग गर्नुभएको हो। चार बर्षे कार्यकाल सकिएको डेढ बर्ष पुगिसक्दा पनि सधारण सभा हुनसकेको भन्दै तत्काल साधारण सभा बोलाउन माग गरेका छन। उनिहरुले सधारणसभाको लागी संस्थाका अध्यक्षलाई पटक-पटक आग्रह गर्दा समेत व्यवास्था गर्ने गरेको बताएका छन। यसअघि संस्थामा उत्पन्न विवादलाई समाधान गर्न २०७६ कार्तिक ५ गते संवाद समूहको समन्वयमा जिल्लास्थित सर्वदलीय सर्वपक्षीय बैठक आयोजना गरेर संस्थाको कामलाई प्रभावकारी बनाउने निर्णय गरिएको थियो। संवाद समुहले तिन महिना भित्र प्रदेश सरकारलाई संस्था हस्तान्तरण गर्ने निर्णय गरेपनि अहिले सम्मपनि कार्यान्यवन हुन नसकेको उनिहरुको भनाई छ।
कूल १५४ जना सदस्य रहेको संस्थामा एकतिहाई सदस्यहरुले हस्ताक्षर गरेर विशेष साधारणसभा बोलाउन माग गरेमा बोलाउनुपर्ने हुन्छ।
उनिहरुले आफूहरुसँग ६४ जना सदस्यहरुले सही गरेकोले विशेष साधारणसभा बोलाउन माग गरिएको बताएका छन। कनिवेदन दर्ता भए १५ दिनभित्र विशेष साधारणसभा बोलाउनुपर्ने प्रावधान छ ।
यसैबीच संस्थाका उपाध्यक्ष दिपे सार्कीले यसअघि भएका निर्णय कार्यान्यवयन नभएको भन्दै संस्थाका जिम्मेवार निकायबाटै संस्थालाई अनिर्यणयको बन्दि बनाईएको आरोप लगाउनुभयो। उहाँले २०७६ माघ १४ गते नगरप्रमुख, मुख्यमन्त्री कार्यालयका सल्लाहकार, विभिन्न राजनितिकदलका प्रतिनिधि तथा संवाद समुहका संयोजक लगायतको बिचमा विषेश साधारण सभामा पेश गर्न नयाँ ढाँचाको अवधारण र एजेण्डामा छलफल भएको बताउनुभयो। तर एकमहिना भित्र निर्णय कार्यान्यवयन गर्ने भनेपनि अहिले सम्म नभएको भन्दै उपाध्यक्ष सार्कीले आपत्ति जनाउनुभयो। यसैबीच संस्थाका कोषाध्यक्ष रामबहादुर गौतमले संस्थाको विधिगत बैठक संञ्चालन हुन नस्कदा दैनिक कार्यालय संञ्चालनमा अवरोध भएको, खानेपानी आपुर्तिका चरण अभाव भएको उल्लेख गर्नुभएको छ। कोषाध्यक्ष गौतमले संस्थाको आर्थिक नियमावली मिचेर चेकमा हस्ताक्षर गर्न नसक्ने भन्दै कसैको ठाडो आदेशमा हस्ताक्षर नगर्ने बताउनुभयो। उहाँले आफुहरु कर्मचारीकै लागी लडेको तर नितीगत व्यवस्था नहुदाँ समस्या भएको जिकिर गर्नुभयो।
संचालक समितिको अवधि सकिँदापनि पदाधिकारीले संस्थाको सम्पत्ति दुरुपयोग गरेको उनीहरुले आरोप लगाएका छन।
यता संस्थाका कर्मचारीहरुले संस्थाका पदाधिकारीहरुको आपसी द्वन्द्वले मंसिर महिना यता तलब नपाएको भन्दै आन्दोलनको तयारी गरेेेका छन्। कोषाध्यक्ष रामबहादुर गौतमले चेकमा हस्ताक्षर नगरेका कारण कर्मचारीहरुले तलब खान नपाएको आरोप कर्मचारीहरुले लगाएका छन।
चार महिनासम्म तलव नपाएकोले घर खर्च चलाउन गाह्रो भएको हुँदा आफूहरु अव आन्दोलनमा उत्रने ती कर्मचारीहरुले बताएका छन्।