कोरोना संक्रमणको दर बढेपछि सुर्खेतमा मंगलबार राती १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । यो अवधिमा भाइरसको संक्रमण देखिएको आशंका, ज्वरो आएमा, वा अन्य समस्या देखिएमा देउती अस्पताल सुर्खेतका डाक्टररुले परामर्श सेवा दिने भएका छ्न ।
घरमै बसेको अबस्थामा आफूलाई कोरोनाका कुनै लक्षण देखिएमा वा चिकित्सकहरुसँगै आवश्यक परामर्श लिनुपरेमा तत्काल फोन गर्न देउती अस्पताल सुर्खेतले अपिल गरेको छ ।
भाइरसको संक्रमण देखिएको आशंका, ज्वरो आएमा, वा अन्य समस्या देखिएकामा सम्पर्कका लागि केहि नम्बर उपलब्ध गराइएको देउती अस्पताल सुर्खेतका निर्देशक डा लोकेन्द्र थापाले बताए । डा. थापाले घरबाट ननिस्किन आग्रह गर्दै स्वास्थ्य समस्या देखिएमा निम्न नम्बरमा सम्पर्क गर्न आग्रह गर्दै उपलब्ध गराएका नम्बरमा चिकित्सक मार्फत आवश्यक सल्लाह समेत लिन सक्ने बताए ।
आवश्यक सल्लाहका लागि नम्बरहरुः
डा. हरी प्रसाद तिमिल्सिना ( फिजिसियन )- 9855044880 डा. शुभ श्रेष्ठ ( हाड जोर्नी ,नशा रोग )फोन. न -9802977576 डा. पारस पौडेल ( नाक ,कान घाँटी ) फोन.न -9865123321 डा. लोकेन्द्र थापा ( मेडिकल अधिकृत ) फोन. न -9818313599 डा. कबिता थापा (मेडिकल अधिकृत ) फोन न -9824555429