
सुर्खेत । युवा संघले सुर्खेतमा स्वास्थ्य सामाग्री वितरण गर्न सुरु गरेको छ । शनिवार वीरेन्द्रनगर नगरपालिका बजार क्षेत्रमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार तथा सर्वसाधारणलाई स्वास्थ्य सामाग्री विरतण गरिएको हो ।
क्रमश जिल्लाका अन्य स्थानीय तह तथा बजार क्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गरिने युवा संघ सुर्खेतका अध्यक्ष कमल खड्का ‘जुनी’ ले जानकारी दिए ।
उनका अनुसार सामाग्री वितरण कार्यक्रममा मास्क, सेनिटाइजर, पिउने पानी, पञ्जा लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि युवा संघले आवश्यक सहयोग गर्ने खड्काको भनाइ छ । युवा संघ नेपालले सुरु गरेको राष्ट्रिय अभियान शनिवारदेखि सुर्खेतमा सुरु गरिएको हो ।