वीरेन्द्रनगर नगरपालिका–१ धारापानी (पाेखरी)मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयको फिल्ड निर्माणका लागि एक लाख रुपैयाँ नगद सहयोग गरिएको छ । नेपाल तरुण सुर्खेतका अध्यक्ष एवंम् नेपाल लोकतान्त्रिक खेलकुद संघ कर्णाली प्रदेशका अध्यक्ष हरि विष्टले फिल्ड निर्माणका लागि व्यक्तिगत सहयोग गरेका हुन् ।
विद्यालयको फिल्ड निर्माणका लागि सरकारी निकायबाट आर्थिक सहयोग नभएपछि विद्यालयको पहलमा आफुले व्यक्तिगत सहयोग गरेको विष्टले जानकारी दिए । ‘विद्यालयको फिल्ड राम्रो नहुँदा बालबालिकालाई खेलकुदका लागि समस्या हुने गरेको गुनासो विद्यालयले गरेको थियो’ विष्टले भने, ‘फिल्डको अवलोकन गर्दा एक लाखमै फिल्ड मर्मत गर्न सकिने देखिएपछि सोही अनुसार रकम सहयोग गरिएको हो ।’
फिल्ड निर्माणका लागि विष्टले आज औपचारिक कार्यक्रममार्फत विद्यालयलाई रु. एक लाख उल्लेखित चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमराज विक र विद्यालयका प्रधानाध्यापक प्रकाश ढुंगानालाई संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । चेक ग्रहण गर्दै विव्यस अध्यक्ष विकले फिल्ड निर्माणका लागि गरिएको सहयोगप्रति आभार व्यक्त गरे ।
विद्यालयमा दलित विद्यार्थीको संख्या धेरै भएको भन्दै विद्यालयका प्रअ ढुंगानाले लक्षित विद्यालयलाई सहयोग गरेको भन्दै प्रसंशा गर्दै उनले विद्यालयका जीर्ण भवनको मर्मत सुधार लगायतका अन्य गतिविधिमा थप सहयोगको अपेक्षा गरेको बताए । विद्यालयकाे उक्त फिल्ड निर्माणकाे लागि राजु मगरातीकाे संयाेजकत्वमा ७ सदस्यीय निर्माण समिति गठन गरिएकाे छ ।