व्यवसायीमा माग पूरा गर्न नसकिने पक्षमा उभिएका सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीहरुले संघको सूचना प्रकाशनमै बेईमानी गरेको पाईएको छ। संघको फेसबुक पेजमा फागुन २७ गते सूचना प्रकाशित गरी ‘सदस्यता नविकरण प्रक्रिया फागुन २६ गतेदेखि बन्द हुने’ भनेर जानकारी गराईएको छ ।
जब कि, त्यसको एक महिनाअघि सदस्यता नविकरण गर्नुपर्ने मिति उल्लेख गरी सूचना निकाल्नुपथ्र्यो।
‘सदस्यता नविकरण खुला गरिएको सूचना पनि कुनै माध्यमबाट सार्वजनिक गरिएको छैन, एक्कासी बन्द भएको सूचना फेसबुक पेजबाट सार्वजनिक गरिएको छ,’ सुर्खेत उद्योग वाणिज्य संघका सदस्य राजु पाण्डेले भने, ‘तैपनि २६ गतेदेखि बन्द भएको सूचना २७ गते सार्वजनिक गर्नुमा रहस्य छ ।’