
सुर्खेत उद्योग वाणिज्य संघको खुल्ला सदस्य पदका लागि बालकृष्ण हमाल चालिसेले उम्मेदवारी दिएका छन । युवा व्यवसायी चालिसेले व्यवसायिक एकता र संस्थागत हितका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन ।
युवा व्यवसायी बालकृष्ण हमाल चालिसेले आफुले उधोग बाणिज्य संघको निर्वाचनवाट निर्वाचित भएर आए व्यवसायिक रुपमा एकता ल्याउन आफ्नो पहिलो दायित्व रहने वताएका छन् । उनले व्यवसाय र व्याबसायिकको हक हितका लागि संस्थागत सुधार ल्याउन आफ्नो सम्पुर्ण ध्यान केन्द्रित रहने वताएका छन् । सानै उमेरदेखी सघर्ष गदै व्यवसायिक सफलता प्राप्त गरेका चालिसे सुर्खेती व्यवसायिहरुमा परिचित र लोकप्रिय छन् । २५ भन्दा वढिलाई रोजगार दिन सफल रहेका चालिसेले एक दशकदेखी वीरेन्द्रनगरमा सक्रिय रुपमा व्यवसाय संचालन गदै आईरहेका छन् । युनिक डेकोरेशन कलेक्सन लगायत ,न्यु युनिक हार्डवयर, मणि बिस्नु कृषि फर्म , एस एण्ड एस रियल स्टेट, एस एण्ड एस कन्स्ट्रक्सन सञ्चालनमा ल्याएका चालिसेले संघको निर्वाचनवाट व्यवसायिहरुको हकहितका लागि आवाज उठाउदै गर्दा संस्थागत रुपमा परिवर्तन ल्याउने उदेश्य सहित निर्वाचनमा उम्मेदवारी दिएको वताए ।
मेहनतमा विश्वास गर्ने चालिसेले संघको निर्वाचनमा युवापिडिलाई काम गर्ने अवसर दिन समेत आग्रह गरेका छन् ।